उपचारमा ज्यान गए जन्मकैद , संशोधन गर्न चिकित्साकर्मीको माग

२९ साउन, काठमाडौँ — वि.सं. १९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ ।

नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) मा ‘बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो ।

ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो । नयाँ व्यवस्थाअनुसार कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा जन्मकैदको सजाय हुनेछ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि यही दफाअनुसार सजाय हुने ऐनमा उल्लेख छ ।

यस्तो औषधि खान सिफारिस गर्नेलाई पनि ऐनले उत्तिकै दोषी मानेर जन्मकैद सजाय गर्न‘पर्ने भनेको छ । त्यस्तै कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नेलाई र त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्ने र गराउनेलाई पनि उही किसिमको सजायको व्यवस्था छ ।

‘उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई देहायबमोजिमको सजाय हुनेछ,’ ऐनमा भनिएको छ, ‘(क) कसैको ज्यान गएकोमा ज्यान मारेसरह, (ख) कसैको अंगभंग भएकोमा अंगभंग गराएसरह ।’

त्यस्तै उपदफा २३२ मा लापरबाही र हेलचेक्रयाइँ गरेर कसैको उपचार गर्दा ज्यान गए वा अंगभंग भए अलगअलग सजायको व्यवस्था गरिएको छ ।

‘कानुनबमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई,’ उक्त ऐनमा भनिएको छ, ‘लापरबाही वा हेलचेक्रयाइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन ।’

लापरबाहीबाट ज्यान गएमा वा कसैको अंगभंग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ भने हेलचेक्रयाइँबाट यसो हुन गएमा तीन वर्षसम्म कैद २० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ ।

त्यस्तै मञ्जुरीबिना मानव शरीर परीक्षण गर्ने चिकित्सकलाई पनि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्थासमेत नयाँ कानुनले गरेको छ ।

‘कानुनबमोजिम इलाज गर्न पाउने व्यक्तिले मानव शरीरमा कुनै इलाजसम्बन्धी विधि, चिरफार वा औषधि परीक्षण गर्नुपर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए,’ दफा २३३ मा भनिएको छ, ‘निजको बाबुआमा वा संरक्षकको मञ्जुरी नलिई र त्यस्तो व्यक्ति वा बाबुआमा वा संरक्षकलाई त्यस कुराको जानकारी नदिई त्यस्तो काम गर्नु वा गराउनु हुँदैन ।’

यसरी अनुमति नलिई अंग परीक्षण गर्दा ज्यान गएमा चिकित्सकलाई जन्मकैद हुने व्यवस्था पनि ऐनमा छ ।

रगत, खकार, पिसाब इत्यादिको प्याथोलोजिकल परीक्षण गर्दा झूटा विवरण दिने चिकित्सक वा स्वास्थ्यकर्मी पनि भदौ १ गतेदेखि ३ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्मको जरिवाना हुनेछ ।

यस्तो झूटा विवरणका आधारमा औषधि खाँदा कसैको ज्यान गएमा चाहिँ सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीलाई जन्मकैदकै सजाय हुनेछ ।

यसरी माथि उल्लेखित कसुरमा बिरामीको मृत्यु वा अंगभंग हुन गएमा कसुरदार चिकित्सक वा स्वास्थ्यकर्मीबाट मनासिव क्षतिपूर्ति भराउनुपर्ने पनि ऐनमा व्यवस्था छ ।

यी कसुरहरूमा हदम्याद नभएकाले जहिलेसुकै पीडितले उजुरी दिन सक्नेछन् । तर, ज्यान मार्ने उद्देश्यले उपचार गरेको कसुरमा भने थाहा पाएको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने ऐनमा उल्लेख छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago