२९ साउन, ललितपुर । मंगलबार दिउँसो ललितपुरको कुपण्डोलमा बम भेटिएको हल्लाले एक छिन आतंक सिर्जना गर्यो ।
बीच सडकमा कसैले प्रेसर कुकर छाडेर गएपछि केही बेर सडक अवरुद्धसमेत हुन पुग्यो भने स्थानीय वासिन्दा त्रासमा परे ।ज्वागलबाट शंखमूलतिर जाने सडकनजिकै शंकास्पद प्रेसर कुकर भेटिएको थियो । त्यस नजिकै एउटा स्कुटर पनि ढलेको देखेपछि धेरैले उक्त बम प्रेसर कुकर बम राख्ने क्रममा नै ढलेको अनुमान गरे ।
तर महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख गणेश ऐर नजिकै प्रेसर कुकर देखेपछि डराएर ढलेको बताउँछन् । ‘नजिकै प्रेसरकुकर देखेपछि स्कुटरचालक डराएर ढलेको रहेछ’ उनले भने । प्रेसर कुकर भेटिएको केहीबेरमै महानगरीय प्रहरी परिसर ललितपुरबाट डीएसपी दीलिपराज झा नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
‘घटनास्थल पुगेपछि हाम्रो टोलीले प्रेसरकुकरलाई तानेर साइडमा ल्याएर सडक सञ्चालन गर्यो’ एसएसपी ऐरले भने । प्रहरीले उक्त प्रेसरकुकरलाई बमको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाए पनि बम नभएको पुष्टी भएको ऐरले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…