कुपण्डोलमा प्रेसर कुकर भेटिएपछि आतंक, बम नभएको पुष्टी

२९ साउन, ललितपुर । मंगलबार दिउँसो ललितपुरको कुपण्डोलमा बम भेटिएको हल्लाले एक छिन आतंक सिर्जना गर्‍यो ।

बीच सडकमा कसैले प्रेसर कुकर छाडेर गएपछि केही बेर सडक अवरुद्धसमेत हुन पुग्यो भने स्थानीय वासिन्दा त्रासमा परे  ।ज्वागलबाट शंखमूलतिर जाने सडकनजिकै शंकास्पद प्रेसर कुकर भेटिएको थियो । त्यस नजिकै एउटा स्कुटर पनि ढलेको देखेपछि धेरैले उक्त बम प्रेसर कुकर बम राख्ने क्रममा नै ढलेको अनुमान गरे ।

तर महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख गणेश ऐर नजिकै प्रेसर कुकर देखेपछि डराएर ढलेको बताउँछन् । ‘नजिकै प्रेसरकुकर देखेपछि स्कुटरचालक डराएर ढलेको रहेछ’ उनले भने । प्रेसर कुकर भेटिएको केहीबेरमै महानगरीय प्रहरी परिसर ललितपुरबाट डीएसपी दीलिपराज झा नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

‘घटनास्थल पुगेपछि हाम्रो टोलीले प्रेसरकुकरलाई तानेर साइडमा ल्याएर सडक सञ्चालन गर्‍यो’ एसएसपी ऐरले भने । प्रहरीले उक्त प्रेसरकुकरलाई बमको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाए पनि बम नभएको पुष्टी भएको ऐरले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago