स्थापना दिवसमा दिप प्रज्वलन

रुपन्देही, २८ श्रावण, नारायण कोइराला । हिन्दू जागरण नेपालको स्थापना दिवसको अवसर पारेर प्रदेश नं. ५ को अस्थाई राजधानी बुटवलको ट्राफिक चोकमा हिन्दू जागरण नेपाल जिल्ला शाखा रुपन्देहीले दिप प्रज्वलन तथा कोण सभाको आयोजना गरिएको छ ।

हिन्दूत्वको संरक्षण तथा प्रलोभनमा पारि गरिने धर्म परिवर्तन विरुद्धको महाअभियानका साथ २०७१ साल श्रावण २८ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा दर्ता गरिएको मितिलाई नै आफ्नो स्थापना दिवसको रुपमा प्रत्यक वर्ष विभिन्न कार्यक्रम गरि मनाउदै आईरहेको छ ।

जस अनुसार आज जिल्ला संगठन विभागका संयोजक पूर्ण प्रसाद पौडेलको अध्यक्षता, हिन्दू जागरण नेपालको केन्द्रिय उपाध्यक्ष उमा ढकालको प्रमुख आतिथ्यता तथा केन्द्रिय संगठन विभाग प्रमुख हरिशरण पाण्डेको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा जिल्लाका सबै स्थानिय तहबाट हिन्दू जागरण नेपालको सदस्यहरुको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन पछि नेपालको राष्ट्रिय झण्डा र प्ले कार्ड सहित बुटवल नगरको परिक्रममा गरि आयोजन गरिएको कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालमा सनातन देखि चलिआएको धर्म परम्परा र संस्कृतिको रक्षा गर्नु पर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको र सबै पक्षले हाम्रो यस महा अभियानलाई साथ र सहयोग गर्न अपिल समेत गर्नु भएको थियो । कार्यक्रम पार्वती भण्डारीको स्वागत मन्तब्य तथा केन्द्रिय सदस्य नारायणप्रसाद कोइरालाको सञ्चलानमा भएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago