साउन २९ काठमाडौँ । काठमाडौँ सहर हिलो–धूलोको परिचय छँदैछ, पानी परेका बेला हिँड्नसमेत मुस्किल हुन्छ । यसका साथै अर्को समस्या पनि छ– पानी रोकिएपछि पनि घर र छतको पानी सडकमा खसालेर बटुवा निथ्रुक्कै भिज्छन् । भदौ एक बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ ले भने यसलाई प्रतिबन्ध लगाएको छ ।
लागुउन्मुख देवानी संहिताको धारा २८१ मा घर वा बलेसीको पानी बाटोमा झार्न नपाउने व्यवस्था गरिएको हो । संहितामा ‘कसैले पनि आफ्नो घर वा वलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन,’ उल्लेख छ ।
यसअघि स्थानीय तहले भवन निर्माण आचारसंहितामा उक्त कुरा उल्लेख गरेको भए पनि लागु भएको थिएन । सहरी क्षेत्रका सडक बिगार्न सडक छेउछाउका घर जिम्मेवार रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
त्यस्तै धारा २८० मा झ्याल राख्दा जग्गा छोड्नुपर्ने प्रावधान पनि राखिएको छ । भवन निर्माण संहितामासमेत यो कुरा उल्लेख छ । तथापि कार्यान्वयन उपयुक्त तवरले हुन सकेको थिएन । देवानी संहिताले ‘कुनै व्यक्ति वा सरकारी निकायले सँधियारको जग्गातर्फ झ्याल वा ढोका राखी घर बनाउनुपर्ने भएमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्ने’ व्यवस्था स्पष्ट उल्लेख गरेको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…