भदौ १ गतेदेखि घरको पानी बाटामा खसाल्न नपाइने

साउन २९ काठमाडौँ । काठमाडौँ सहर हिलो–धूलोको परिचय छँदैछ, पानी परेका बेला हिँड्नसमेत मुस्किल हुन्छ । यसका साथै अर्को समस्या पनि छ– पानी रोकिएपछि पनि घर र छतको पानी सडकमा खसालेर बटुवा निथ्रुक्कै भिज्छन् । भदौ एक बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ ले भने यसलाई प्रतिबन्ध लगाएको छ ।

लागुउन्मुख देवानी संहिताको धारा २८१ मा घर वा बलेसीको पानी बाटोमा झार्न नपाउने व्यवस्था गरिएको हो । संहितामा ‘कसैले पनि आफ्नो घर वा वलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन,’ उल्लेख छ ।

यसअघि स्थानीय तहले भवन निर्माण आचारसंहितामा उक्त कुरा उल्लेख गरेको भए पनि लागु भएको थिएन । सहरी क्षेत्रका सडक बिगार्न सडक छेउछाउका घर जिम्मेवार रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

त्यस्तै धारा २८० मा झ्याल राख्दा जग्गा छोड्नुपर्ने प्रावधान पनि राखिएको छ । भवन निर्माण संहितामासमेत यो कुरा उल्लेख छ । तथापि कार्यान्वयन उपयुक्त तवरले हुन सकेको थिएन । देवानी संहिताले ‘कुनै व्यक्ति वा सरकारी निकायले सँधियारको जग्गातर्फ झ्याल वा ढोका राखी घर बनाउनुपर्ने भएमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्ने’ व्यवस्था स्पष्ट उल्लेख गरेको हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago