बिहे गरेको ३ महिनामै श्रीमतीको हत्या ! श्रीमान पक्राउ

बारा । आफ्नै श्रीमतीको हत्या आरोपमा बारामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । देवताल गाउँपालिका-६ रौवाहीमा आइतबार राति श्रीमतीको हत्या गरेको आरोपमा सोमबार बारा प्रहरीले स्थानीय २२ बर्षीय अनिल प्रजापतिलाई पक्राउ गरेको हो ।

१९ बर्षीया श्रीमती ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गसिरएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

आइतबार राति करिब ११ बजे पण्डितको शंकास्पद मृत्युको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछका क्रममा उनको हत्या उनकै श्रीमान प्रजापतिले गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

‘हामीले तत्काल घटनास्थल पुगेर घटनाको सुक्ष्म अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको पायौं’ प्रहरी प्रवक्ता राठौरले भने । तीन महिनाअघि गत वैशाख २८ गते रौतहटको चन्द्रपुर नगरपालिका-१० बस्ने ममतादेवी पण्डितसंग प्रजापतिको मागी विवाह भएको थियो ।

प्रहरीका अनुसार श्रीमान् श्रीमतीबीच सामान्य बादविवादका क्रममा आवेशमा आएर घाँटी थिच्दा ममताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

परिवारबाटै प्रहरीलाई खबर

श्रीमतीको मृत्यु भएपछि प्रजापति र उनका परिवारले अज्ञात समूहले आफूहरुमाथि आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेको प्रहरीका प्रवक्ता राठौरले बताए । सामान्य विवादको कारण प्रजापतिले श्रीमतिको आफै हत्या गरेको स्वीकारेका छन् । घटनाको भित्री रहस्य खुल्न नसकेको प्रहरीले जनाएको छ ।

परिवारले अज्ञात समूहबाट हत्या प्रयासको क्रममा प्रजापतिलाई समेत घाइते बनाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीको अनुसन्धानका क्रममा प्रजापतिले नै प्रहरी समक्ष श्रीमतीको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन् ।

प्रजापतिलाई कर्तव्य ज्यान मुद्दामा सोमबार बारा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago