बिहे गरेको ३ महिनामै श्रीमतीको हत्या ! श्रीमान पक्राउ

बारा । आफ्नै श्रीमतीको हत्या आरोपमा बारामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । देवताल गाउँपालिका-६ रौवाहीमा आइतबार राति श्रीमतीको हत्या गरेको आरोपमा सोमबार बारा प्रहरीले स्थानीय २२ बर्षीय अनिल प्रजापतिलाई पक्राउ गरेको हो ।

१९ बर्षीया श्रीमती ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गसिरएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

आइतबार राति करिब ११ बजे पण्डितको शंकास्पद मृत्युको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछका क्रममा उनको हत्या उनकै श्रीमान प्रजापतिले गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

‘हामीले तत्काल घटनास्थल पुगेर घटनाको सुक्ष्म अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको पायौं’ प्रहरी प्रवक्ता राठौरले भने । तीन महिनाअघि गत वैशाख २८ गते रौतहटको चन्द्रपुर नगरपालिका-१० बस्ने ममतादेवी पण्डितसंग प्रजापतिको मागी विवाह भएको थियो ।

प्रहरीका अनुसार श्रीमान् श्रीमतीबीच सामान्य बादविवादका क्रममा आवेशमा आएर घाँटी थिच्दा ममताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

परिवारबाटै प्रहरीलाई खबर

श्रीमतीको मृत्यु भएपछि प्रजापति र उनका परिवारले अज्ञात समूहले आफूहरुमाथि आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेको प्रहरीका प्रवक्ता राठौरले बताए । सामान्य विवादको कारण प्रजापतिले श्रीमतिको आफै हत्या गरेको स्वीकारेका छन् । घटनाको भित्री रहस्य खुल्न नसकेको प्रहरीले जनाएको छ ।

परिवारले अज्ञात समूहबाट हत्या प्रयासको क्रममा प्रजापतिलाई समेत घाइते बनाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीको अनुसन्धानका क्रममा प्रजापतिले नै प्रहरी समक्ष श्रीमतीको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन् ।

प्रजापतिलाई कर्तव्य ज्यान मुद्दामा सोमबार बारा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago