काठाडमौँ । रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए । तर उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । रेमनले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।
दमकको सिद्धार्थ बोर्डिड स्कुलमा कक्षा–९ मा अध्ययन गर्ने रेमनले घरैमा कम्प्युटर चलाउँदै अनलाईनमा आएका विभिन्न कुरा सिक्दै गएँ, कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिाया दिएका छन् ।
उनि सानैदेखि नै अर्थात उनले कक्षा ३ मा पढ्दै देखि कम्प्युटर चलाउँथे । अनलाइन कोर्षहरु हेर्थे , त्यहाँ भनेका कुराहरु सिक्दा सिक्दै उनले यो सप्टवेयर निर्माण गरेका हुन । उनलाई यो सप्टवेयर निर्माण गर्नका लागि ७ महिना लगेको थियो । उनले सप्टवेयर निर्माण गर्नका लागि अनलाइनमा भएका फ्री कोर्सहरुका साथै शुल्क तिरेर पनि कोर्सहरु गरेको थिए । सप्टवेयर निर्माण गर्ने क्रममा कति चोटि उनको कम्प्युटरमा भएका फाइलहरु उडेका छन् भने कति चोटि कम्प्युट ह्याङ्ग पनि भएको थियो ।
उनले बनाएको यो एन्टी ह्याकिङ सप्टवेयर ,सिडीको माध्यमबाट कम्प्युटरमा एकचोटि अपडेट गरेपछि ह्याकरले कम्प्युटरमा भएका डाटाहरु ह्याक गर्न सक्दैन । ह्याकरले ह्याक गर्न खोज्दा ह्याकरको कम्प्युटरमा भाइरसहरु जान्छ र कम्प्युटर ह्याङ्ग गरिदिन्छ । सुरुमा सिडी किन्न पैसा लाग्छ भने अपडेट गरेपछि पैसा तिर्नु पर्दैन ।
सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत ३० लाख रुपैयाँ तिर्न राजी भएपछि रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन्।
सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पनि पत्याएको उनले बताए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…