काठमाडौं । क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । ग्लोबल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप शनिबार बिहान ८:३०मा जेट एयरवेजबाट नेपाल आईपुगेका हुन् ।
मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । तर, सन्दीपको टोली प्ले अफमा पुग्न सकेन । सन्दीपको टोलीले ६ खेलमा मात्र २ जित निकालेको थियो । सन्दीपले पहिलो खेल गुमाएका थिए भने पछिल्ला पाँच खेल खेलेका थिए ।
सन्दीपले पहिलो खेलमा ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका थिए । डेब्यु खेलमा उनले १ रन समेत जोडेका थिए । डेब्यु खेलमा उत्कृष्ट खेल्न नसकेपनि सन्दीपले दोस्रो खेलबाट आफूलाई प्रमाणित गरेका थिए । दोस्रो खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए ।
त्यस्तै सन्दीपले तेस्रो खेलमा चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए । चौथो खेलमा चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट लिएका सन्दीपले अन्तिम खेलमा वेष्ट इण्डिजुबीु विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।
यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारत मा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…