ग्लोबल टी–२० क्रिकेट खेलेर फर्किए सन्दीप

काठमाडौं । क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । ग्लोबल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप शनिबार बिहान ८:३०मा जेट एयरवेजबाट नेपाल आईपुगेका हुन् ।

मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । तर, सन्दीपको टोली प्ले अफमा पुग्न सकेन । सन्दीपको टोलीले ६ खेलमा मात्र २ जित निकालेको थियो । सन्दीपले पहिलो खेल गुमाएका थिए भने पछिल्ला पाँच खेल खेलेका थिए ।

सन्दीपले पहिलो खेलमा ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका थिए । डेब्यु खेलमा उनले १ रन समेत जोडेका थिए । डेब्यु खेलमा उत्कृष्ट खेल्न नसकेपनि सन्दीपले दोस्रो खेलबाट आफूलाई प्रमाणित गरेका थिए । दोस्रो खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए ।

त्यस्तै सन्दीपले तेस्रो खेलमा चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए । चौथो खेलमा चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट लिएका सन्दीपले अन्तिम खेलमा वेष्ट इण्डिजुबीु विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।

यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारत मा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago