विश्वकप फाइनलपछि मोड्रिक र भारेन कीर्तिमान को दौड मा ।

काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक र फ्रान्सका डिफेन्डर राफायल भारेन मध्ये एक खेलाडीले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलपछि कीर्तिमान बनाउने भएका छन्।

मोड्रिक र भारेन क्लब फुटबलका सहकर्मी हुन्। तर दुई खेलाडी आइतबार विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आपसमा भिड्दैछन्।

स्पेनिस क्लब रियल म्याड्रिकबाट खेल्ने दुई मध्ये एक खेलाडीले एकै सिजनमा विश्वकप र युरोपियन च्याम्पियन्स लिग जित्ने नवौं खेलाडी बनेर कीर्तिमान बनाउन लागेका हुन्।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा मिडफिल्डमा मोड्रिक र रक्षापंक्तिमा भारेनले उत्कृष्ट खेल पस्केका थिए। जारी विश्वकपमा पनि दुवै आफ्नो देशका लागि उत्कृष्ट खेल पस्कदै फाइनल सम्मको यात्रा गरेका छन्। जारी विश्वकपमा दुवैले१–१ गोल गरेका छन्।

यसअघि एकै सिजनमा च्याम्पियन्स लिग र विश्वकप जित्ने ८ खेलाडी थिए। १९७४ मा सेप मइयर, पाउल ब्रेइनर, हान्स जर्स, फ्रान्ज बेकेन्बाउर, गर्ड मुलर, उली होइनेस (वार्यन म्युनिख र वेस्ट जर्मनी) ले विश्वकप र च्याम्पियन्स लिग जित्ने इतिहास बनाएका थिए।

यस्तै १९९८ मा क्रिस्टियन कारेमबेउ (रियल म्याड्रिड र फ्रान्स) र २००२ मा रोबर्टो कार्लोस (रियल म्याड्रिड र ब्राजिल) पनि एकै सिजनमा विश्वकप र च्याम्पियन्स लिगको ट्रफी उचाल्ने अवसर पाएका थिए। १६ वर्षपछि यस्तो अवसर क्रोएसियाका मोड्रिक र फ्रान्सका भारेनले पाउँदैछन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago