कतार विश्वकप पहिलो पटक फरक सिजनमा हुने, ४८ देश खेलाउने प्रस्ताब राखेको छ ।

सन् २०२२ मा हुने कतार विश्वकप पहिलो पटक फरक सिजनमा खेलाईने भएको छ। कतारमा अत्याधिक गर्मी हुने भएकाले पहिलो पटक विश्वकप समर सिजन(गीष्म ऋतु)का महिनाहरुबाट सार्दै विन्टर सिजन(जाडो) का महिनामा हुने भएको हो।

फिफाले शुक्रबार नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म २८ दिनसम्म कतार विश्वकप आयोजना हुने जनाएको छ। कतारले २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो। हाल उसले धमाधाम स्टेडियमहरु तथा आवश्यक पूर्बाधारहरुको निर्माण गरिरहेको छ।

मरुभुमीले घेरिएको कतारमा समर सिजनका महिनाहरुमा ४५ डिग्री सेल्सियससम्मको अत्याधिक गर्मी हुने भएकाले जाडो सिजनमा विश्वकप घोषणा गरिएको फिफाले जनाएको छ।

४८ राष्ट्र खेलाउने प्रस्ताब राखेको छ । फिफाले कतार विश्वकपमा ४८ देश खेलाउने बहस खुला राखेको जनाएको छ। फिफा अध्यक्ष गियनी इन्फान्टिनोले आयोजक राष्ट्र कतारसँग यस विषयमा छलफल भइरहेको जनाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वकपकमा सहभागिता जनाउन पाउनुले कुनैपनि देशको फुटबल विकासमा ठूलो सघाउ पुर्याउँछ। त्यसैले हामीले आयोजक राष्ट्रसँग संख्या थप्ने विषयमा छलफल खुला राखेका छौं।’

कतारले पनि ४८ राष्ट्रको सहभागिताको विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्न सकरात्मक देखिएको उनले बताए। ४८ टोलीको विश्वकपले निर्धारित कार्यक्रममा १६ खेल थप्नुपर्ने हुन्छ। जसले यसअघि हुँदै आएका ६४ खेलबाट खेलको संख्या ८० पुर्याउनेछ।

यस विश्वकपमा फुटबलका शक्तिशाली देशहरु नेदरल्याण्ड्स, इटाली, चिली, घाना, क्यामरुन, आयरल्याण्ड तथा अमेरिका पनि छनोट हुन नसकेपछि फिफामाथि देशको संख्या बढाउन दबाब बढेको धेरैले आशंका व्यक्त गरेका छन्।

२०२६ को विश्वकपबाट भने ४८ राष्ट्रहरुको सहभागिता गराउने फिफाले यसअघि नै निर्णय गरिसकेको छ। २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago