कतार विश्वकप पहिलो पटक फरक सिजनमा हुने, ४८ देश खेलाउने प्रस्ताब राखेको छ ।

सन् २०२२ मा हुने कतार विश्वकप पहिलो पटक फरक सिजनमा खेलाईने भएको छ। कतारमा अत्याधिक गर्मी हुने भएकाले पहिलो पटक विश्वकप समर सिजन(गीष्म ऋतु)का महिनाहरुबाट सार्दै विन्टर सिजन(जाडो) का महिनामा हुने भएको हो।

फिफाले शुक्रबार नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म २८ दिनसम्म कतार विश्वकप आयोजना हुने जनाएको छ। कतारले २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो। हाल उसले धमाधाम स्टेडियमहरु तथा आवश्यक पूर्बाधारहरुको निर्माण गरिरहेको छ।

मरुभुमीले घेरिएको कतारमा समर सिजनका महिनाहरुमा ४५ डिग्री सेल्सियससम्मको अत्याधिक गर्मी हुने भएकाले जाडो सिजनमा विश्वकप घोषणा गरिएको फिफाले जनाएको छ।

४८ राष्ट्र खेलाउने प्रस्ताब राखेको छ । फिफाले कतार विश्वकपमा ४८ देश खेलाउने बहस खुला राखेको जनाएको छ। फिफा अध्यक्ष गियनी इन्फान्टिनोले आयोजक राष्ट्र कतारसँग यस विषयमा छलफल भइरहेको जनाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वकपकमा सहभागिता जनाउन पाउनुले कुनैपनि देशको फुटबल विकासमा ठूलो सघाउ पुर्याउँछ। त्यसैले हामीले आयोजक राष्ट्रसँग संख्या थप्ने विषयमा छलफल खुला राखेका छौं।’

कतारले पनि ४८ राष्ट्रको सहभागिताको विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्न सकरात्मक देखिएको उनले बताए। ४८ टोलीको विश्वकपले निर्धारित कार्यक्रममा १६ खेल थप्नुपर्ने हुन्छ। जसले यसअघि हुँदै आएका ६४ खेलबाट खेलको संख्या ८० पुर्याउनेछ।

यस विश्वकपमा फुटबलका शक्तिशाली देशहरु नेदरल्याण्ड्स, इटाली, चिली, घाना, क्यामरुन, आयरल्याण्ड तथा अमेरिका पनि छनोट हुन नसकेपछि फिफामाथि देशको संख्या बढाउन दबाब बढेको धेरैले आशंका व्यक्त गरेका छन्।

२०२६ को विश्वकपबाट भने ४८ राष्ट्रहरुको सहभागिता गराउने फिफाले यसअघि नै निर्णय गरिसकेको छ। २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago