काठमाडौं भाद्र २८ । काठमाण्डौ महानगरपालिकामा बन्ने मनोरेल निर्माणको प्रारम्भिक अध्ययन पुरा भएको छ । चक्रपथमा बन्ने मनोरेल निर्माणबारे प्रारम्भिक अध्ययन पुरा भएको हो । उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले प्रतिवेदनमा उल्लेख गरेको हो ।
चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने दावी सहितको प्रतिवेदन मनोरेल सञ्चालन सम्बन्धी अध्ययन गरेको चिनियाँ कम्पनी सिसिआरसीले सार्वजनिक गरेको हो । सिसिआरसीले काठमाडौँ महानगर तथा ललितपुर महानगरपालिकालाई प्रतिवेदन पेश गरेको हो ।
कम्पनीले दिएको जानकारी अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुने उल्लेख छ । मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने बताइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…