जापान अगस्ट १३ बिस्वास आचार्य । आईतवार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित रोयल गार्डेन रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २४ औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम आदिवासी महासंघका महासचिव शान्ता पहारीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर लिम्बु को सभापति रहनु भएको थियो । कार्यक्रममा नेपाली राजदुतावास जापानका राजदूत प्रतिभा राणा रहनुभएको थियो । विशिष्ठ अतिथिमा NRNA जापानका बरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु मा पत्रकार महासँघ जापान शाखा का अध्यक्ष मोहन घले, जापानमा रहेका संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु, जापानमा रहेका राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु र विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको रहेका थिए ।
कार्यक्रममा बोल्दै महामहिम राजदूत महामहिम प्रतिभा राणाले आदिवासी जनजाती हरुलाई शुभकामना दिंदै आदिवासीका नाना,माना,सवै झल्किने कला, संस्कृतिलाई टोकियोमा हुन लागि रहेको नेपाल फेस्टिबल मा समाबेश गरेर नेपाललाई सगरमाथा र बुद्ध देश ले मात्रले होइन कला, संस्कृति ले पनी चिनाउन सकिने बताउनुभयो ।
कार्यक्रम मा शुभकामना मन्तब्बे राख्ने हरुमा विशिष्ठ अतिथि NRNA जापानका बरिष्ठ उपाध्यक्ष , अथितिहरु मा पत्रकार महासँघ जापान शाखा का अध्यक्ष मोहन घले, जापानमा रहेका संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु, जापानमा रहेका राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु ले शुभकामना दिनु भएको थियो ।
कार्यक्रम मा जापानमा रहेका जनजातिका गित , नाच , झाकी साथै जनजातिका बाजा बाट कार्यक्रम मा अझ बढी रौनक थपेको थियो । कार्यक्रम मा जापान रहेका जनजाति हरु को उल्लेखनिए सहभगि भैई शुभकामना साटा साट गरेका थिए ।
कार्यक्रमको अन्त्यमा जनजाती महासंघका अध्यक्ष टेक बहादुर लिम्बु ले कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिहरुलाई शुभकामना दिदै जनजातीको पहिचान र अधिकारको लागी सम्बन्धित निकायहरुसँग पहल गर्न सधै आफू तयार रहेको भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्नेहरु प्रति आभार प्रकट गर्नुभएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…