गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान सार्वभौम सांसदकी माननीय सदस्य नविना लामालाई अघि लगाएर रिहा

महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले बिहीबार बिहान ११ नबज्दै एकजना गुण्डा समुहका सदस्यलाई पक्राउ गर्‍यो । प्रहरीको बिशेष टोलीले बालुवाटारबाट पक्राउ गरेका सत्यमान लामा काभ्रेली गुण्डा नाईके दावा लामाका सहयोगी थिए।

प्रहरीको मोस्ट वान्टेड रहेका दावाका सहयोगी पक्राउलाई परिसरले ठुलो समाचार बनाएर पस्कियो। औपचारिक रुपमा त कहीँ कतै केही भनिएन। तर परिसरबाट नै उनी पक्राउ परेको खबर सञ्चारकर्मीहरु लाई अनौपचारिक रुपमा दिइयो।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यामानका बिषयमा सोध्ने सञ्चारकर्मीलाई मिटर ब्याजी, धम्काएर असुली र फरार दावाका सहयोगी भएको बताएका थिए। परिसरले दावा बिरुद्ध अनुसन्धानका लागि केही सार्वजनिक अपराध ऐनमा काठमाडौं प्रशासन कार्यालयबाट थुनामा राख्ने म्याद समेत लियो।

तर, प्रहरीले सत्यमानलाई हिरासतमा धेरै बेर राख्न सकेन। कारण थियो, सत्तारुढ दलका सांसदको दबाब। बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म खुंखार गुण्डा नाईके सत्यमानका बिषयमा प्रहरीको ‘टोन’ मात्र बदलिएन, एकाएक उनका बिषयमा सकारात्मक टिप्पणी समेत देखियो।

नेकपाकी सांसद नविना लामाको दबाब झेल्न सकेन वा प्रहरीले गुण्डा भनेका सत्यमान बिरुद्ध प्रमाण पुगेन, त्यो प्रहरीलाई नै थाहा होला, तर बिहीबार साँझ पक्राउ परेका सत्यमान सार्वभौम सांसदकी माननीय सदस्य नविना लामालाई अघि लगाएर रिहा भए।

काठमाडौँ प्रहरी प्रमुख पोखरेल आफूहरुले प्रमाण नपुगेपछि हाजिरी जमानीमा सत्यमानलाई छाडेको बताउँछन्। उनले नेपालखबरलाई मुद्दाको प्रकृति बुझाउँदै भने, ‘मुद्दामा दुई तरिका हुन्छ, एउटा हिरासतमा राखेर अनुसन्धान गर्ने, अर्को हाजिरी जमानीमा छाड्ने। मुद्दा दर्ता भएको छ, अब अनुसन्धान हुन्छ,’ उनले धकै नमानी सुनाए, ‘थुनामा राख्न प्रमाण केही पुगेन।’

प्रहरीको रेकर्ड अनुसार २०६६ देखि सक्रिय गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान उनकै नाममा काठमाडौं उपत्यकामा अबैध असुली, मिटर ब्याज र अन्य अपराधमा संलग्न ब्यक्ति हुन्। दावा फरार रहेपनि सत्यमानले उनका सबै अबैध धन्दालाई निरन्तरता दिँदै आएका थिए।

‘गुण्डा हो, प्रमाण जुटाउन सकेनौँ, एसएसपी पोखरेलले भने, ‘सांसद नविना लामा आएर हाजिरी जमानीमा लिएर जानु भो।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशन अनुसार काठमाडौं उपत्यकाका साना–ठुला गुण्डा नियन्त्रण अभियान अन्तर्गत पक्राउ परेका सत्यमान राजनीतिक दवाब खेप्न नसक्दा प्रहरी संगठनलाई नै जिल्याएर रिहा भए।

प्रहरीले गुण्डा ठानेका व्यक्तिलाई जमानीमा छुटाएर लगेकोबारे बुझ्न नेकपाकी सांसद नाबिना लामासँग फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago