महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले बिहीबार बिहान ११ नबज्दै एकजना गुण्डा समुहका सदस्यलाई पक्राउ गर्यो । प्रहरीको बिशेष टोलीले बालुवाटारबाट पक्राउ गरेका सत्यमान लामा काभ्रेली गुण्डा नाईके दावा लामाका सहयोगी थिए।
प्रहरीको मोस्ट वान्टेड रहेका दावाका सहयोगी पक्राउलाई परिसरले ठुलो समाचार बनाएर पस्कियो। औपचारिक रुपमा त कहीँ कतै केही भनिएन। तर परिसरबाट नै उनी पक्राउ परेको खबर सञ्चारकर्मीहरु लाई अनौपचारिक रुपमा दिइयो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यामानका बिषयमा सोध्ने सञ्चारकर्मीलाई मिटर ब्याजी, धम्काएर असुली र फरार दावाका सहयोगी भएको बताएका थिए। परिसरले दावा बिरुद्ध अनुसन्धानका लागि केही सार्वजनिक अपराध ऐनमा काठमाडौं प्रशासन कार्यालयबाट थुनामा राख्ने म्याद समेत लियो।
तर, प्रहरीले सत्यमानलाई हिरासतमा धेरै बेर राख्न सकेन। कारण थियो, सत्तारुढ दलका सांसदको दबाब। बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म खुंखार गुण्डा नाईके सत्यमानका बिषयमा प्रहरीको ‘टोन’ मात्र बदलिएन, एकाएक उनका बिषयमा सकारात्मक टिप्पणी समेत देखियो।
नेकपाकी सांसद नविना लामाको दबाब झेल्न सकेन वा प्रहरीले गुण्डा भनेका सत्यमान बिरुद्ध प्रमाण पुगेन, त्यो प्रहरीलाई नै थाहा होला, तर बिहीबार साँझ पक्राउ परेका सत्यमान सार्वभौम सांसदकी माननीय सदस्य नविना लामालाई अघि लगाएर रिहा भए।
काठमाडौँ प्रहरी प्रमुख पोखरेल आफूहरुले प्रमाण नपुगेपछि हाजिरी जमानीमा सत्यमानलाई छाडेको बताउँछन्। उनले नेपालखबरलाई मुद्दाको प्रकृति बुझाउँदै भने, ‘मुद्दामा दुई तरिका हुन्छ, एउटा हिरासतमा राखेर अनुसन्धान गर्ने, अर्को हाजिरी जमानीमा छाड्ने। मुद्दा दर्ता भएको छ, अब अनुसन्धान हुन्छ,’ उनले धकै नमानी सुनाए, ‘थुनामा राख्न प्रमाण केही पुगेन।’
प्रहरीको रेकर्ड अनुसार २०६६ देखि सक्रिय गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान उनकै नाममा काठमाडौं उपत्यकामा अबैध असुली, मिटर ब्याज र अन्य अपराधमा संलग्न ब्यक्ति हुन्। दावा फरार रहेपनि सत्यमानले उनका सबै अबैध धन्दालाई निरन्तरता दिँदै आएका थिए।
‘गुण्डा हो, प्रमाण जुटाउन सकेनौँ, एसएसपी पोखरेलले भने, ‘सांसद नविना लामा आएर हाजिरी जमानीमा लिएर जानु भो।’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशन अनुसार काठमाडौं उपत्यकाका साना–ठुला गुण्डा नियन्त्रण अभियान अन्तर्गत पक्राउ परेका सत्यमान राजनीतिक दवाब खेप्न नसक्दा प्रहरी संगठनलाई नै जिल्याएर रिहा भए।
प्रहरीले गुण्डा ठानेका व्यक्तिलाई जमानीमा छुटाएर लगेकोबारे बुझ्न नेकपाकी सांसद नाबिना लामासँग फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…