राष्ट्रपतिका रूपमा आफ्नो पहिलो बेलायत भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आइपुगेका छन्।बिहिबार दिउँसो पत्नी मेलाइनासहित लण्डन उत्रिएका उनी ४ दिन बेलायतमा रहनेछन्।
बेलायतको भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले महारानी एलिजावेथ, प्रधानमन्त्री टेरेसा मे लगायतसँग उच्चस्तरीय भेट गर्नेछन्।
प्रधानमन्त्री मेसँगै शुक्रबार बेलायती तथा अमेरिकी सेनाको संयुक्त सैन्य तालिम अवलोकन गर्ने पनि उनको कार्यक्रम छ।शुक्रबार साँझ स्कटल्याण्डतर्फ प्रस्थान गर्ने राष्ट्रपति ट्रम्पले आउँदो विकेण्ड त्यहीँ बिताउने बताइएको छ। राष्ट्रपति ट्रम्पकी आमाको जन्मस्थलसमेत रहेको स्कटल्याण्डमा रहेका केही गल्फ कोर्सका उनी मालिक पनि हुन्।
सन् २०१६ को सुरूदेखि नै राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा आउनेबारे चर्चा सुरु भएका थिए। तर, ट्रम्पलाई बेलायत भ्रमण गर्न नदिन भन्दै उनका आलोचकहरुले बेलायतभित्र चर्को आवाज उठाएपछि कैयौंपटक उनको भ्रमण स्थगित गरिदै आएको थियो।
खासगरी इमिग्रेसनलगायतका मामिलामा राष्ट्रपति ट्रम्पले लिएको कठोर र अनुदार नीति तथा दिने गरेका अभिव्यक्तिहरुका कारण उनको आलोचना हुने गरेको छ। बेलायतमा ट्रम्पको भ्रमणकै बेला पनि केही विरोध प्रदर्शनहरु हुने अनुमान गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…