प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यस तर्फ जान लागेका हुन्। उनी असार १० गते स्वदेश फर्केन कार्यक्रम रहेको छ।

भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधान तथा यातायातमन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी ली सहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ नेपाल चीन व्यापारिक मञ्चलाई सम्वोधन गर्नेछन्। सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री ल्हासा समेत जाने छन्। त्यहाँ उनले ल्हासाका उच्च अधिकारीलाई भेट्ने छन्।

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago