प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यस तर्फ जान लागेका हुन्। उनी असार १० गते स्वदेश फर्केन कार्यक्रम रहेको छ।

भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधान तथा यातायातमन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी ली सहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ नेपाल चीन व्यापारिक मञ्चलाई सम्वोधन गर्नेछन्। सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री ल्हासा समेत जाने छन्। त्यहाँ उनले ल्हासाका उच्च अधिकारीलाई भेट्ने छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago