३० जेठ, काठमाडौं ।
संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको मन्त्री तामाङले बताए ।
संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।
गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…