सामसङको जे सेभेन म्याक्स स्मार्टफोन एक रुपैयाँ तिरेर लैजान पाउने

काठमाण्डुको सुन्धारास्थित सिटिसी मलमा रहेको ईजी मोबाइल केयरले फोन खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइलहरू बिक्री गरी रहेको छ यसै गरी फोन खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ।

यस योजना अनुसार ग्राहकले सामसङको जे सेभेन म्याक्स मोडलको स्मार्टफोन एक रुपैयाँ तिरेर लैजान पाउने छन्।

सामसङको जे सेभेन म्याक्स मोडलको स्मार्टफोनको बजार मूल्य २८ हजार २९० रुपैयाँ छ। कम्पनीले ल्याएको किस्ताबन्दी अफर अन्तर्गत सुरुमा एक रुपैयाँ तिरेर अन्य रकम मासिक, एक वा डेढ वर्षभित्रमा तिर्न सकिने छ।

ईजी मोबाइल केयर कम्पनीका अध्यक्ष संजित पौडेलका अनुसार यो अफर आउँदो १८ दिनसम्म जारी रहने छ। किस्ताबन्दीमा फोन खरिद गर्दा कति समयभित्रमा तिर्ने हो त्यसै अनुरुप मासिक शूल्क बुझाउनु पर्ने पौडेलले जानकारी दिए।

पौडेलका अनुसार ६ महिना भित्रमा तिर्ने भए प्रति महिना ४ हजार ७१६, एक वर्षको हकमा २ हजार ३५७ तथा डेढ वर्षमा एक हजार ५७२ रुपैयाँ मासिक बुझाउनु पर्नेछ।

पौडेलका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न खरिदकर्ताले दुई वटा फोटो, नागरिकताको फोटोकपी र जागिर खाएको कम्पनीबाट मासिक कमाई खुल्ने गरी ‘लेटर हेड’ ल्याउनु पर्ने हुन्छ।

कम तथा मध्यम आय भएकाहरुलाई केन्द्रित गरेर अफर ल्याइएको बताउँदै उनल किस्ताबन्दीमा फोन किन्दा कुनै अतिरिक्त शूल्क बुझाउनु नपर्ने बताए।

कम्पनीले दश वटा विभिन्न वाणिज्य बैंकहरुसँग सम्झौता गरेको जनाउँदै उनले ग्राहकले एउटा फाराम भरे सो सुविधा उपयोग गर्न पाउने बताए।

अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकोमा ईजी मोबाइल केयर प्रालिबाट खरिद गर्दा २ वर्षको वारेन्टी पाईनेछ इजीले जनाएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago