सामसङको जे सेभेन म्याक्स स्मार्टफोन एक रुपैयाँ तिरेर लैजान पाउने

काठमाण्डुको सुन्धारास्थित सिटिसी मलमा रहेको ईजी मोबाइल केयरले फोन खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइलहरू बिक्री गरी रहेको छ यसै गरी फोन खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ।

यस योजना अनुसार ग्राहकले सामसङको जे सेभेन म्याक्स मोडलको स्मार्टफोन एक रुपैयाँ तिरेर लैजान पाउने छन्।

सामसङको जे सेभेन म्याक्स मोडलको स्मार्टफोनको बजार मूल्य २८ हजार २९० रुपैयाँ छ। कम्पनीले ल्याएको किस्ताबन्दी अफर अन्तर्गत सुरुमा एक रुपैयाँ तिरेर अन्य रकम मासिक, एक वा डेढ वर्षभित्रमा तिर्न सकिने छ।

ईजी मोबाइल केयर कम्पनीका अध्यक्ष संजित पौडेलका अनुसार यो अफर आउँदो १८ दिनसम्म जारी रहने छ। किस्ताबन्दीमा फोन खरिद गर्दा कति समयभित्रमा तिर्ने हो त्यसै अनुरुप मासिक शूल्क बुझाउनु पर्ने पौडेलले जानकारी दिए।

पौडेलका अनुसार ६ महिना भित्रमा तिर्ने भए प्रति महिना ४ हजार ७१६, एक वर्षको हकमा २ हजार ३५७ तथा डेढ वर्षमा एक हजार ५७२ रुपैयाँ मासिक बुझाउनु पर्नेछ।

पौडेलका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न खरिदकर्ताले दुई वटा फोटो, नागरिकताको फोटोकपी र जागिर खाएको कम्पनीबाट मासिक कमाई खुल्ने गरी ‘लेटर हेड’ ल्याउनु पर्ने हुन्छ।

कम तथा मध्यम आय भएकाहरुलाई केन्द्रित गरेर अफर ल्याइएको बताउँदै उनल किस्ताबन्दीमा फोन किन्दा कुनै अतिरिक्त शूल्क बुझाउनु नपर्ने बताए।

कम्पनीले दश वटा विभिन्न वाणिज्य बैंकहरुसँग सम्झौता गरेको जनाउँदै उनले ग्राहकले एउटा फाराम भरे सो सुविधा उपयोग गर्न पाउने बताए।

अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकोमा ईजी मोबाइल केयर प्रालिबाट खरिद गर्दा २ वर्षको वारेन्टी पाईनेछ इजीले जनाएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago