भबिन्द्र गौतम २९, पुष
सिद्धार्थ राजमार्ग को बुटवल-पाल्पा सडक खाण्डमा धुले पहिरो जादा राजमार्ग अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथिबाट धुले पहिरो सगै ठुला ठुला ढुङ्गा खस्दा राज्मार्ग अबरुद्ध भयको हो । बर्सातको समयमा भीरमा अड्किएको ढुङ्गा खस्दा राजमार्ग पूर्ण रुपमा ठप्प बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दिउँसो २:३० बजे खसेको पहिरोले अबरुद्ध बनेको राजमार्ग यो समाचार तयार पार्दा सम्म खुल्न सकेको छैन । अहिले सवारी र यात्रुहरुको आवाज जावत पनि ठप्प छ । सडकमा दुबैततर्फ सवारी साधनको लामो लाईन बनेको छ । अहिले सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्य ले जानकारी दिनुभयको छ । ढुंगा खसेपनि कुनै क्षेती भने भयको छैन ।
अत्यन्तै ब्यस्त सडक लामोसमय सम्म अबरुद्ध हुँदा हजारौं यात्रु तथा उल्लेख्य संख्या मा सवारी साधन अलपत्र परेका छन । सांघुरो सडक मा पहिरो सगै खसेको ढुंगा नपन्छाएसम्म सडकमा कुनै साधन संचालन गर्न नसकिने अबस्था छ ।
बर्सेनि राजनीतिक मुद्धा बन्दै आयको दोभान देखि चिडियाखोला क्षेत्रमा हिउँद तथा बर्खा दुबै समयमा पहिरो खस्ने हुदा यो बाटो भयर यात्रा गर्ने यात्रुले सधै सास्ती खेप्नुपरेको छ । बैकल्पिक बाटोको ब्यबस्था नगर्दा सम्म यो बाटोमा यात्रा गर्ने यात्रुलाई सधै जोखिम मोलेर यात्रा गर्न बाध्य छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…