हिउँद न बर्खा, सधै सास्ती सिद्धबाबा

भबिन्द्र गौतम २९, पुष
सिद्धार्थ राजमार्ग को बुटवल-पाल्पा सडक खाण्डमा धुले पहिरो जादा राजमार्ग अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथिबाट धुले पहिरो सगै ठुला ठुला ढुङ्गा खस्दा राज्मार्ग अबरुद्ध भयको हो । बर्सातको समयमा भीरमा अड्किएको ढुङ्गा खस्दा राजमार्ग पूर्ण रुपमा ठप्प बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दिउँसो २:३० बजे खसेको पहिरोले अबरुद्ध बनेको राजमार्ग यो समाचार तयार पार्दा सम्म खुल्न सकेको छैन । अहिले सवारी र यात्रुहरुको आवाज जावत पनि ठप्प छ । सडकमा दुबैततर्फ सवारी साधनको लामो लाईन बनेको छ । अहिले सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्य ले जानकारी दिनुभयको छ । ढुंगा खसेपनि कुनै क्षेती भने भयको छैन ।

अत्यन्तै ब्यस्त सडक लामोसमय सम्म अबरुद्ध हुँदा हजारौं यात्रु तथा उल्लेख्य संख्या मा सवारी साधन अलपत्र परेका छन । सांघुरो सडक मा पहिरो सगै खसेको ढुंगा नपन्छाएसम्म सडकमा कुनै साधन संचालन गर्न नसकिने अबस्था छ ।

बर्सेनि राजनीतिक मुद्धा बन्दै आयको दोभान देखि चिडियाखोला क्षेत्रमा हिउँद तथा बर्खा दुबै समयमा पहिरो खस्ने हुदा यो बाटो भयर यात्रा गर्ने यात्रुले सधै सास्ती खेप्नुपरेको छ । बैकल्पिक बाटोको ब्यबस्था नगर्दा सम्म यो बाटोमा यात्रा गर्ने यात्रुलाई सधै जोखिम मोलेर यात्रा गर्न बाध्य छन ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago