कुनै समय कुल्ली काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ? आज परेकोछ जन्मदिन ।

आज चर्चित दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको जन्मदिन परेको छ ।उनी सन् १९५० डिसेम्बर १२ बैंङ्गलोरमा जन्मिएका हुन् ।खासमा उनलाइ सबैले रजनीकान्त भनेर चिने पनि उनको वास्तबिक नाम शिवाजी राव गायकवाड हो । रजनीकान्तको जन्म एउटा गरिब परिवारमा भएको थियो । उनका पिता रामोजी राव गायकवाड प्रहरीमा हवलदार थिए ।

उनकी आमाको मृत्युपछि रजनीकान्तको परिवारको हालत निकै नाजुक बन्दै गएपछी उनी आफ्नो दैनिक गुजाराका लागि कुल्लीको काम पनि गरे । त्यसपछि उनी बैंङ्गलोर बसमा कन्डक्टरको काम गरेका थिए । कामका साथसाथै अभिनयमा रुचि राख्ने रजनीकान्तले १९७३ मा मद्रास फिल्म संस्थानमा भर्ना भए र उनले अभिनयमा डिप्लोमा गरे ।

रजनीकान्त पछि दक्षिण भारतीय फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने सुपरस्टार बने । रजनीकान्तको चेन्नईमा ठूलो बंगला छ जुन पाँचतारे होटल भन्दा कम देखिंदैन । रजनीकान्तले बलिउडमा फिल्म ‘मेरी अदालत, भगवान दाता, अन्धा कानून, चालबाज र दक्षिण भारतीय फिल्म ‘शिवाजी, काला, कबाली लगायत कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । हालै उनी अभिनित फिल्म २।० ले पनि बक्सअफिसमा सफल व्यापार गरिरहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago