दोस्रो नम्बरका न्यौपाने परेनन् , एआइजी बढुवामा तीन जना सिफारिस

गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षक (डिअाइजी)को नाम सिफारिस गरेको छ।

मंगलबार राति बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई सिफारिस गरेको हो। पाँच महिनासम्म रोकिएको एअाइजी बढुवाको गाँठो गृहले बल्ल फुकाएको हो।

बढुवाको रोलक्रमअनुसार डिआइजी कार्की पहिलो नम्बरमा सिफारिस भएका छन्। कार्की राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। तेस्रो नम्बरका डिआइजी राई दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनी लागुअाैषध नियन्त्रण ब्युरोमा थिए।

दोस्रो वरियताका डिआइजी मनोज न्यौपाने बढुवा सिफारिसमै परेका छैनन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उनी बढुवा सिफारिसमा नअटाएका हुन्। चौथो नम्बरका बस्नेतलाई गृहले तेस्रो नम्बरमा सिफारिस गरेको छ। बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा थिए।

गृहले पन्ध जनाको दरबन्दी रहेको एआइजी दरबन्दी संख्या घटाएर तीन जनामा झारेको थियो। तीन दरबन्दीमा पाँच डिआइजी बढुवा दौडमा थिए। दोस्रो नम्बरका न्यौपानेसँगै पाँचौं नम्बरका सुरेशविक्रम शाह पनि सिफारिसमा परेनन्।

बढुवामा परेका सबै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्। खनाल गत चैतमा महानिरीक्षक नियुक्त भएका थिए। खनाल नियुक्त भएपछि दोस्रो वरियताका रमेश खरेलले राजीनामा दिएका थिए।

प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआइजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago