दोस्रो नम्बरका न्यौपाने परेनन् , एआइजी बढुवामा तीन जना सिफारिस

गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षक (डिअाइजी)को नाम सिफारिस गरेको छ।

मंगलबार राति बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई सिफारिस गरेको हो। पाँच महिनासम्म रोकिएको एअाइजी बढुवाको गाँठो गृहले बल्ल फुकाएको हो।

बढुवाको रोलक्रमअनुसार डिआइजी कार्की पहिलो नम्बरमा सिफारिस भएका छन्। कार्की राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। तेस्रो नम्बरका डिआइजी राई दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनी लागुअाैषध नियन्त्रण ब्युरोमा थिए।

दोस्रो वरियताका डिआइजी मनोज न्यौपाने बढुवा सिफारिसमै परेका छैनन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उनी बढुवा सिफारिसमा नअटाएका हुन्। चौथो नम्बरका बस्नेतलाई गृहले तेस्रो नम्बरमा सिफारिस गरेको छ। बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा थिए।

गृहले पन्ध जनाको दरबन्दी रहेको एआइजी दरबन्दी संख्या घटाएर तीन जनामा झारेको थियो। तीन दरबन्दीमा पाँच डिआइजी बढुवा दौडमा थिए। दोस्रो नम्बरका न्यौपानेसँगै पाँचौं नम्बरका सुरेशविक्रम शाह पनि सिफारिसमा परेनन्।

बढुवामा परेका सबै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्। खनाल गत चैतमा महानिरीक्षक नियुक्त भएका थिए। खनाल नियुक्त भएपछि दोस्रो वरियताका रमेश खरेलले राजीनामा दिएका थिए।

प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआइजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago