बालगोपाल महर्जन, नेपाली फुटबलका लागि आज ऐतिहासिक दिन

ढाका सेप्टेम्बर १२ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

अहिले नेपाली टिम लयमा रहेको छ। अब हामी माल्दिभ्सलाई हराएर पहिलोपल्ट फाइनल पुग्नेमा आत्मविश्वासी छौं। टिममा कुनैपनि प्रकारको समस्या छैन र सबै खेलाडी शतप्रतिशत योगदान दिन तयार छन् मंगलबार ढाकाको बंगलादेश फुटबल फेडेरेसनमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने।

नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकप सहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन। नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन।

साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ। ‘पुरानो इतिहास धेरै नहेरौं, पछिल्लो समय हामी माल्दिभ्समाथि हाबी रहेका छौं। त्यसैले यसपल्ट पनि विजयी रहने विश्वास छ,’ प्रशिक्षक महर्जनले भने।

नेपालले २ वर्ष अगाडि भएको बंगबन्धु कपको सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ ले हराएको थियो। त्यस खेलमा नवयुग श्रेषठले ह्याट्रिक गरेका थिए। त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएको थियो।

‘अब हामी सेमिफाइनल जितको ह्याट्रिक गर्न चाहन्छौं,’ उनले भने। सेमिफाइनल खेल अगाडि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विराज महर्जनले सबै खेलाडी माल्दिभ्सलाई हराउनेमा आत्मविश्वासी रहेको बताए।

उनले भने, ‘हामी आत्मविश्वासी छौं। तर यो चाहिने भन्दा बढी चाहिँ आत्मविश्वासी छैनौं। मैदानमै मेहनत गरेर जित निकाल्ने छौं।’

त्यसअवरमा प्रशिक्षक महर्जनले सेमिफाइनलको लागि नेपाली फुटबललाई माया गर्ने सबैको शुभेच्छा चाहिएको बताए। उनले भने, ‘भोलिको खेलमा बंगबन्धु रंगशालामै आएर नेपालीहरुले हाम्रो टिमको समर्थन गर्ने विश्वास गरेका छौं। यस्तै बंगलादेशी फुटबल फ्यानले पनि हामीलाई नै सपोर्ट गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।’

नेपालले खेलेका तीन खेलमा ढाकामा रहेका विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो। नेपाल र माल्दिभ्सबीच अहिलेसम्म ढाकामा चार खेल भएकोमा दुवै टिम १/१ मा विजयी रहेको छ। अर्को २ खेल बराबरीमा टुंगिएको छ।

नेपालले सेमिफाइनलमा पुग्न अगाडि लिग चरणमा भुटान र बंगलादेशलाई हराएको थियो। नेपाल पाकिस्तानविरुद्ध भने पराजित रहेको थियो। अर्को तर्फ माल्दिभ्सले लिग चरणमा कुनै खेल जित्न सकेको थिएन। यस्तै उसले अहिलेसम्म गोल पनि गर्न सकेको छैन। यसको ठिक उल्टो नेपालले लिग चरणमा ७ गोल गरेको थियो।

यो नेपाली फुटबल इतिहासमै कुनैपनि प्रतियोगिताको लिग चरणमा गरेको सबै भन्दा बढी गोल हो। नेपाल र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार ३ बजरे ४५ मिनेटमा हुनेछ। यस्तै अर्को सेमिफाइनल नेपाली समयअनुसार पौने ७ बजे भारत र पाकिस्तानबीच हुनेछ। कान्तिपुरमा खबर छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago