विराटनगर जुटमिल्स खुल्यो, व्यावसायिक उत्पादन सुरु

विराटनगर : मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले व्यवसायिक उत्पादन थालेको हो । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो ।

मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । ‘अहिले दैनिक छ टन उत्पादन गर्ने र मागअनुसार त्यसलाई बढाएर पूर्ण क्षमतामा दैनिक २० टन पुर्‍याइने छ’, उनले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।

वनले मिल्समा जीर्ण मेसिन मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय काम सकेपछि मिल्स पुनः सञ्चालन गरिएको बताए । भारतको कलकत्ताबाट ल्याइएका जुट विशेषज्ञको टोली उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको छ ।

पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ । ‘भारतबाट आएका प्राविधिकसहितको परामर्शदाताले समेत उत्पादन व्यवस्थापनमा सहयोग गरेकोले थप सहज भएको छ’, अध्यक्ष वन भन्छन्, ‘हाललाई उत्पादनको परिमाण हेरेर कामदार मगाइएको र बढ्दै जाँदा संख्या थप गरिने छ ।’

अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाउने बताएका छन् । मिल्सले कामदारको सूची बनाइसकेकाले सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरुलाई रोजगारी दिँदै जाने योजना बनाएको छ ।

११ केभीएको विद्युत लाइन काटिएपछि समस्या भएकोमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ ।

मिल्सले मासिक ५ लाख रुपैयाँ भुक्तानी गर्ने सर्त राखेकोमा त्यसलाई प्राधिकरणले नमानेपछि नयाँ सम्झौता भएको बताइएको छ । मिल्सलाई २४ घण्टा नै पर्याप्त विद्युत उपलब्ध हुने गरी ३३ केभिए प्रशारण लाइन जोडिदिन सरकारसँग समेत माग गर्दै आएका छ । अध्यक्ष वनले भने, ‘दीगो व्यवस्थापन गर्दै अब मागअनुसार उत्पादन गर्ने योजनासाथ अघि बढेका छौं ।’

नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि ।

विराटनगर जुटमिल्स क्षेत्रलाई संग्रहालयको रुपमा विकास गर्न सरकारले तयारी गर्ने यसअघि मिल्सको निरीक्षणमा आएको उद्योग मन्त्री मातृका यादवले जानकारी गराएका थिए । मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने अध्यक्ष बसन्त वन बताउँछन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago