पोखरामा यौनकर्मीका लागि बिदेशमा जस्तै ‘रेडलाइट एरिया’ तोकिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीका लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी रहेको उनले बताए।

पोखरामा मंगलबार भएको पर्यटनसम्बन्धि छलफल कार्यक्रममा उनले यौन व्यावसायीलाई व्यवस्थित बनाउन भिन्दै परिचयपत्रको व्यवस्था गर्न समेत सकिने उनले बताए। धेरैलाई मन नपर्न सक्छ तर, यौन व्यावसाय चलिरहेको छ उनले भने त्यो धन्दा हो। त्यसले अब कि त रेड एरिया भनेर छुट्टै ठाउँ दिनुप-यो। भिन्दै ठाउँ हुँदैन भने परिचयपत्रको व्यवस्था हुनुपर्छ।

जति नै सुकै रोक्न खोजिएपनि यो व्यवसाय नरोकिएको उनले बताए। प्रहरीले जता पनि समाएको छ। एकथरिको पेशा व्यवसाय भइरहेको छ उनले भने, होटलवालालाई समातेर लग्यो, पैसा ति-यो छुट्यो, अनि अर्काेलाई समातेर लग्यो पैसा ति-यो छुटयो, जेल गएको मैले देखेको छैन्। सबैजना पैसा तिरेर निस्केका छन्।

यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाएको उनले बताए। ‘यो छलफलको विषय हो’, उनले भने, ‘त्यसका लागि कार्ड (परिचयपत्र) दिउँ। कार्ड दिँदा हामीलाई मात्र थाहा हुन्छ वा होटललाई मात्र थाहा हुन्छ। पुलिसले छापा मार्न आउँदा पनि कार्ड भएपछि समाउन पाएन।’ परिचयत्रपको व्यवस्था गर्ने हो भने पहिल्यै करको दायरामा आउने उनले बताए। ‘अनि थोरैथोरै कर पनि संकलन हुन्छ,’ गुरुङले भने।

उनले यो काम (यौन व्यावसाय) गरिरहने र भइरहेको पनि बताए। यसलाई रेगुलेट गर्न जरुरी रहेको उनले बताए। ‘धेरैजना लेकसाइड जाने कारण पनि त्यही रहेछ’, उनले भने, ‘काठमाडौंबाट जो आयो, बाहिर बस भन्दा नमान्ने, खालि बैदाम क्षेत्र रोज्नुको कारण यो हो। लुकेर गर्दा समाजलाई, लुक्नेलाई वा व्यवसायी कसैलाई फाइदा हुँदैन।’ लुकेर गर्दा निश्चिन व्यक्तिलाई मात्र फाइदा हुन्छ,’ उनले भने। यसबारे खुला दिलले छलफल गर्ने बेला भएको मुख्यमन्त्री गुरुङको भनाई छ। ‘यसमा व्यवसाय पनि फस्टिन्छ’, उनले भने। त्यसका लागि शान्ति सुरक्षा बलियो बनाउन सरकार तयार हुने उनले बताए।

उनले पोखराको लेकसाइड चौबिसै घण्टा खुल्नुपर्ने पनि बताए। अरु केही नभएपनि महत्वपूर्ण सहर २४ घण्टा नै खुल्नुपर्छ। पोखरा २४ घण्टा खोल्न नसकेपनि बैदाम क्षेत्र त खोल्नै पर्ने उनले बताए। ‘जनता सुत्ने हुन, व्यवासायी त सुत्ने होइन’, उनले भने, ‘पुलिस रातभर खटिन्छ। जो ड्यूटिमा छ, उ सुत्दैन। आर्थिक गतिविधि बढाउने हो भने रिसोर्ट, रेस्टुरेन्ट बन्द गरेर हुँदैन्।’ विमानस्थल बनेर राती जहाज आयो भने यात्रुले के गर्ने ? सडकमा पनि घन्टौ जाम हुन्छ। त्यसैले होटल बन्द हुन्छ भने पर्यटक आउँदैनन’, उनले भने, ‘त्यसका लागि २४ सै घण्टा खोल्नुपर्छ। त्यसका लागि सरकारले सुरक्षा व्यवस्था मिलाउँछ।’ नागरिक न्युजमा खबर छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago