पाल्पा भबिन्द्र गौतम । आइतवार बिहान तानसेन नगरपालिका–३ बडिज्ञानटोलमा लु १ च ६७४८ नम्बरको जीपले ठक्कर दिँदा १ दुधे बच्चाले अनाहकमा मृत्युवरण गरेका छन् । दुर्घटनामा ४ पैदलयात्रु घाईते भएका छन् । दुर्घटनामा बगनासकाली गाउँपालिका–३, नायरनम्तलेसको ९ महिनाको बच्चा निशान बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिहान ११:४५ मा भएको उक्त दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईतेहरुको युनाईटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । घाईतेहुनेहरुमा बगनासकाली गाउँपालिका–३, नायरनम्तलेसका वर्ष ५ का नविन बस्याल, ४८ वर्षकी लक्ष्मी बस्याल, सुनवलका अन्दाजी ५२ वर्षीय रामजी चौधरी, तानपा–६ की ४८ वर्षीया कमला पाण्डे रहेका छन् । घाइतेमध्ये नविनको अवस्था गम्भीर रहेको बताइएको छ । ओरालोमा जपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । जीपको ठक्करबाट पार्किङ गरि राखेका ६ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…