काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दावालाई बालुवाटारबाट पक्राउ गरेको हो ।
काभ्रे स्थायी घर भएका सत्यमान दावाका सहयोगी भएर काम गर्दै आएका थिए । उनी नेकपा एमालेका कार्यकर्तासमेत भएको प्रहरीले जनाएको छ । सत्यमान लामालाई लुटपाट, गुन्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको भन्दै प्रहरीले खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।
प्रहरी स्रोतका अनुसार सत्यमानले बुद्धचित्त मालाको पनि तस्करी गर्ने गरेको आरोप छ । उनलाई सार्वजनिक अपराध ऐन अन्र्तगत म्याद थपेर कार्वाही प्रक्रिया अगाडी बढाइने एसएसपी पोखरेलले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…