नेपाल विश्वकप फुटबलको क्वार्टरफाइनल

बैशाख २९ ,काठमाडौं ,
नेपाल रुसका मस्कोमा जारी सडक बालबालिहरुको विश्वकप फुटवलको क्वार्टरफाइनल प्रवेश गरेको छ।

शनिबार भएका भएका दुई खेलहरुमा जित हासिल निकाल्दै समूह विजेताका रुपमा नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो। समूह डी मा रहेको नेपालले पहिलो खेलमा केन्यालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा ताजिकिस्तानबिरुद्ध ३–१ गोलअन्तरको जित निकालेको हो।

सेभेन ए साइड खेलमा ताजिकिस्तानबिरुद्ध नेपालका पवन शाहीले २ गोल गर्दा टिमका कप्तान रोशन भुजेलले १ गोल गरेका थिए। यसअघि केन्याबिरुद्ध पनि पवनले १ तथा सन्तोष खत्रीले १ गोल गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाएको नेपाल समूह चरणमा सहज जितका साथ क्वार्टरफाइनल पुगेको हो। सहभागी १२ टोलीलाई ४ समूहमा बिभाजन गरिएको छ। स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा भएको स्ट्रिट चाइल्ड वर्ल्ड कप, फ्युचर डिपेण्ड्स अन य मा नेपाली टोलीको संयोजन सेल्टर आश्रय नेपालले गरेको छ। सेल्टरले तीन महिनाअघि राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago