नेपाल आफ्ना आवश्यकता र प्राथमिकतामा अघि बढोस्, भारत साथ दिन तयार छ : मोदीले भने

२९ वैशाख, काठमाडौं

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक र सफल  भएको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताए ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  भने, ‘नेपाल भारतबीचमा रहँदै आएको सम्वन्ध यो भ्रमणपछि अझ सुदृढ बन्ने नेपाल सरकारको विश्वास छ ।’

उनका अनुसार विगतमा भएका दुईपक्षीय समझदारीहरुको कार्यान्वयनको समय सीमा तोकिएको छ ।

आगामी सेप्टेम्बरसम्म नेपालले उठाएका विषयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समझादारी भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले भने, हामीले पहिल्याएका सहयोगका नयाँ क्षेत्रहरु रेलवे, जलमार्ग र कृषिमा साझेदारीमा ठोस प्रगति हुने गरी निर्णय गरेका छौं ।’

शुक्रबार नेपालको दुईदिने राजकिय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री ज्ञवालीले काठमाण्डौ विमानस्थल स्वागत र विदाई गरेका थिए । जनकपुरमा भने रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago