नेपाल आफ्ना आवश्यकता र प्राथमिकतामा अघि बढोस्, भारत साथ दिन तयार छ : मोदीले भने

२९ वैशाख, काठमाडौं

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक र सफल  भएको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताए ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  भने, ‘नेपाल भारतबीचमा रहँदै आएको सम्वन्ध यो भ्रमणपछि अझ सुदृढ बन्ने नेपाल सरकारको विश्वास छ ।’

उनका अनुसार विगतमा भएका दुईपक्षीय समझदारीहरुको कार्यान्वयनको समय सीमा तोकिएको छ ।

आगामी सेप्टेम्बरसम्म नेपालले उठाएका विषयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समझादारी भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले भने, हामीले पहिल्याएका सहयोगका नयाँ क्षेत्रहरु रेलवे, जलमार्ग र कृषिमा साझेदारीमा ठोस प्रगति हुने गरी निर्णय गरेका छौं ।’

शुक्रबार नेपालको दुईदिने राजकिय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री ज्ञवालीले काठमाण्डौ विमानस्थल स्वागत र विदाई गरेका थिए । जनकपुरमा भने रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago