जापानले रिफुजी आबेदक लाई जनवरी १५ देखि वर्क परमिट नदिने

टोकियो–जापानको न्याय मन्त्रालयले अवैधानिक शरणार्थीमा रोक लगाउनको लागि आवेदन दिएको ६ महिनापछि काम गर्न नपाउने व्यवस्था ल्याउने निर्णय गरेको छ । मन्त्रालयले हालै जारी गरेको एक विज्ञप्तिमा यही जनवरी १५ तारिख पछाडि अल्पकालिन तथा प्रशिक्षार्थी भिषाबाट शरणार्थीका आवेदकहरूलाई ४ समूहमा विभाजन गरिने बताइएको छ । अावेदन दिएको २ महिनाभित्र नै समूहमा विभाजन गरी समूह अनुसार काम गर्न नपाउने व्यवस्था गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिलो समूहमा वास्तविक शरणार्थी हुन सक्ने सम्भावितहरु, दोस्रो समूहमा शरणार्थी बन्न सक्ने प्रयाप्त र स्पष्ट आधार नभएकाहरू, तेस्रो समूहमा एउटै कारणदेखाइ पुन आवेदन दिनेहरु र चौथो समूहमा अन्य गरी समूह विभाजन गरिने जनाएको छ । दोस्रो र तेस्रो समूहमा परेका आवेदकहरुलाई बस्ने तथा काम गर्ने अनुमति नदिई तुरून्तै फिर्ता पठाउने प्रक्रिया गरिने जनाएको छ ।

छोटो अवधिमा नै धेरै पैसा कमाउने लक्ष्य लिएर विद्यार्थी तथा प्रशिक्षार्थी भिषा त्यागेर नक्कली शरणार्थी बन्नेहरुको भने काम गर्ने अनुमति नदिने नै निर्णय गरेको बताएको छ । पहिलो समूहको वास्तविक शरणार्थी हुन सक्ने सम्भावितहरुलाई भने काम गर्न अनुमति दिइने कुरा समाचारमा उल्लेख छ । २०१७ सालको १ देखि ९ महिनासम्म शरणार्थी आवेदकहरुको संख्या १४ हजार ४३ जना रहेको छ । अघिल्लो वर्षको तुलनामा १ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago