जापानले रिफुजी आबेदक लाई जनवरी १५ देखि वर्क परमिट नदिने

टोकियो–जापानको न्याय मन्त्रालयले अवैधानिक शरणार्थीमा रोक लगाउनको लागि आवेदन दिएको ६ महिनापछि काम गर्न नपाउने व्यवस्था ल्याउने निर्णय गरेको छ । मन्त्रालयले हालै जारी गरेको एक विज्ञप्तिमा यही जनवरी १५ तारिख पछाडि अल्पकालिन तथा प्रशिक्षार्थी भिषाबाट शरणार्थीका आवेदकहरूलाई ४ समूहमा विभाजन गरिने बताइएको छ । अावेदन दिएको २ महिनाभित्र नै समूहमा विभाजन गरी समूह अनुसार काम गर्न नपाउने व्यवस्था गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिलो समूहमा वास्तविक शरणार्थी हुन सक्ने सम्भावितहरु, दोस्रो समूहमा शरणार्थी बन्न सक्ने प्रयाप्त र स्पष्ट आधार नभएकाहरू, तेस्रो समूहमा एउटै कारणदेखाइ पुन आवेदन दिनेहरु र चौथो समूहमा अन्य गरी समूह विभाजन गरिने जनाएको छ । दोस्रो र तेस्रो समूहमा परेका आवेदकहरुलाई बस्ने तथा काम गर्ने अनुमति नदिई तुरून्तै फिर्ता पठाउने प्रक्रिया गरिने जनाएको छ ।

छोटो अवधिमा नै धेरै पैसा कमाउने लक्ष्य लिएर विद्यार्थी तथा प्रशिक्षार्थी भिषा त्यागेर नक्कली शरणार्थी बन्नेहरुको भने काम गर्ने अनुमति नदिने नै निर्णय गरेको बताएको छ । पहिलो समूहको वास्तविक शरणार्थी हुन सक्ने सम्भावितहरुलाई भने काम गर्न अनुमति दिइने कुरा समाचारमा उल्लेख छ । २०१७ सालको १ देखि ९ महिनासम्म शरणार्थी आवेदकहरुको संख्या १४ हजार ४३ जना रहेको छ । अघिल्लो वर्षको तुलनामा १ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago