भारतीय एकाधिकार आजदेखि सकिदै चिनियाँ इन्टरनेट को प्रवेश

नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो।
चीनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको थियो।
टेलिकमले धादिङको गल्छीदेखि रसुवासगढीसम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ। सोही मार्गबाट इन्टरनेट व्यान्डवीथ अवदेखि नेपाल आउने छ।

व्यवसायिकरुपमै व्यान्डवीथ आजदेखि आउने भएपनि ठुाले भोल्युममा भने नल्याउने टेलिकमका अधिकारीहरुले प्रष्ट पार्दै आएका छन्। आवस्यकताअनुसार ल्याउँदै गर्ने उनीहरुको भनाइ छ।

चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ पुग्ने छ। हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ।

यसरी चीनबाट इन्टरनेट आएपनि तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन्। उपभोक्तासँग जोडिएका गुणस्तर(स्पीड) र मूल्य हुन् जुन कनेक्सन जहाँबाट आएपनि टेलिकममै निर्भर हुने हुँदा त्यसको प्रभाव भने पर्ने छैन।

टेलिकम स्रोतका अनुसार टेलिकमले हाल खरिद गरिरहेको भन्दा सस्तो मूल्यमा चीनबाट ल्याउने छैन भने अर्कोतिर टेलिकमले हाल पुरानै कनेक्सन दिइरहेको छ।

हाल टेलिकमले अन्य अन्तर्राष्ट्रिय नेटर्क सेवाप्रदायकको भन्दा धेरै महंगोमा भारतबाट खरिद गरिरहेको छ, हाल प्रति एमबी महिनाको ३४ डलरभन्दा माथि मूल्यमा खरिद गरिरहेको छ तर निजीले भने १५ डलर हाराहारीमा नेपालमै उपलब्ध गराइरहेको छन्।

तर चीनसँग जोडिनुमात्र होइन भारतको एकाधिकार पनि तोडिनुले एकातिर बजार विस्तार भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago