भारतीय एकाधिकार आजदेखि सकिदै चिनियाँ इन्टरनेट को प्रवेश

नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो।
चीनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको थियो।
टेलिकमले धादिङको गल्छीदेखि रसुवासगढीसम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ। सोही मार्गबाट इन्टरनेट व्यान्डवीथ अवदेखि नेपाल आउने छ।

व्यवसायिकरुपमै व्यान्डवीथ आजदेखि आउने भएपनि ठुाले भोल्युममा भने नल्याउने टेलिकमका अधिकारीहरुले प्रष्ट पार्दै आएका छन्। आवस्यकताअनुसार ल्याउँदै गर्ने उनीहरुको भनाइ छ।

चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ पुग्ने छ। हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ।

यसरी चीनबाट इन्टरनेट आएपनि तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन्। उपभोक्तासँग जोडिएका गुणस्तर(स्पीड) र मूल्य हुन् जुन कनेक्सन जहाँबाट आएपनि टेलिकममै निर्भर हुने हुँदा त्यसको प्रभाव भने पर्ने छैन।

टेलिकम स्रोतका अनुसार टेलिकमले हाल खरिद गरिरहेको भन्दा सस्तो मूल्यमा चीनबाट ल्याउने छैन भने अर्कोतिर टेलिकमले हाल पुरानै कनेक्सन दिइरहेको छ।

हाल टेलिकमले अन्य अन्तर्राष्ट्रिय नेटर्क सेवाप्रदायकको भन्दा धेरै महंगोमा भारतबाट खरिद गरिरहेको छ, हाल प्रति एमबी महिनाको ३४ डलरभन्दा माथि मूल्यमा खरिद गरिरहेको छ तर निजीले भने १५ डलर हाराहारीमा नेपालमै उपलब्ध गराइरहेको छन्।

तर चीनसँग जोडिनुमात्र होइन भारतको एकाधिकार पनि तोडिनुले एकातिर बजार विस्तार भएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago