यातायात ब्यबसायी महासघको पाँचौ महाधिवेश मा प्रचारप्रसारमा पम्प्लेट ब्यानर होडिङ्बोर्ड प्रयोग गर्न नपाईने

भबिन्द्र गौतम पाल्पा, २८ पुस । भर्खरैमात्र तामझामका साथ प्रदेश तथा प्रतिनिधि सभाको निर्बचान सम्पन्न भएको छ । अधिकाङ्स उम्मेदवारलेे प्रचारप्रसार मा लाखौं खर्च गरे यस्तो खर्च कटौती गर्नका लागि महाधिवेशन को तयारीमा रहेको देसभरका यातायात ब्यबसायिहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले खर्च कटौती गर्न आचारसंहिता नै लागू गरेको छ । निर्वाचन सफल बनाउनका लागि गरिने प्रचारबाहेक निर्वाचनमा उठ्ने उम्मेद्वारले पर्चा, पम्प्लेट, होर्डिङ बोर्ड, माइकिङ, म्युजिकको प्रयोग गर्न पाइने छैन ।

निर्वाचनमा आचार संहिता विपरीत प्रचारप्रसार गर्ने व्यक्तिलाई निर्वाचन समितिले स्वतः कारबाही गर्नेछ  बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघ का महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । सामाजिक सञ्जालको भने प्रयोग गर्ने पाइने भएको छ । यातायात छेत्रको निर्वाचन यसरी सम्पनहुने भयो यसबाट राजनीति दलहरुले पनि यातायात छेत्रबाट केही सिकुन भन्दै सिटौला थप्नुहुन्छ निर्वाचनको खर्चलाई मितव्यायी बनाएर स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्नका लागि तडकभडक प्रचारशैलीलाई रोक्ने निर्णय महासंघले गरेको छ ।

यातायात ब्यबसायीको समस्या र समाधानका लागि नयाँ नेतृत्व चयन गर्न महासंघको पाँचौ महाधिवेशन यहि माघ १७, १८ र १९ गते चितवनमा हुँदैछ । प्रत्येक तीन वर्षमा नेतृत्व परिवर्तन हुने महासंघमा देशभरका ३०६ सस्था मध्ये एक सस्था बाट छ जना प्रतिनिधि र दुई जना प्रयबेक्षक सहित दुई हजार एक सय महाधिवेशन प्रतिनिधीले भाग लिने महासंघले जनाएको छ । देश संघीयतामा गएको अवस्थालाई मध्यनजर गर्दै महासंघले केन्द्र, प्रदेश र जिल्ला समिति रहने गरी विधान संशोधन समेत गर्न लागेको छ ।

महासंघले निर्वाचन सफल बनाउन विभिन्न समिति गठन गरेको छ । यसैबिच विभिन्न संघ सस्थाबाट आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भयको छ । महासंघले निर्बाचन मा सहभागी हुन आउने संघ समितिहरुका प्रतिनिधी लाई प्रयटकिय क्षेत्र सौरहा का होटेल ब्यबसायी सग छलफल गरि कम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरेको छ । महासंघ को चौथो महाधिवेशन पनि चितवनको टाडीमा नै भयको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago