मेसीले किने नयाँ विमान, बिमानमा आफ्नै जर्सी नम्बर १० ।

एजेन्सी । फुटबल मैदानमा लियोनल मेसीले पाएको सफलताको कथा लाखौं भइसकेको छ । तरपनि मेसीको विश्वकप जित्ने सपनाले अझै पूरा भएको छैन । एकपटक आफ्नै सक्रियतामा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि चुमाउने सपना बुनेका मेसी यस मामलामा अभागी बन्दै आएका छन् ।

यसबाहेक ३१ बर्षीय मेसीको दुनियाँमा हरेक सपना पूरा भएको छ । धेरैलाई पत्यार नलाग्न सक्छ । स्पेनिस क्लब बार्सिलोनका सुपरस्टार मेसी महंगा कार र नीजि विमानका पनि सौखिन हुन्, भनेर ।

वास्तवमा फुटबलपछि मेसी लग्जरियस कार र विमानका पनि सौखिन पारखी हुन् । यसअघि महंगा कार र नीजि विमान भएका मेसीले हालै नयाँ विमान खरिद गरेका छन् । मेसीले अहिले १५ मिलियन अमेरिकी लडर अर्थात् एक अर्ब ६९ करोड ४६ लाख रुपैयाँमा नयाँ विमान किनेका हुन् ।

यसअघि एउटा नीजि विमान भएको मेसीको अब दुईवटा विमान भएको छ । मेसीको नयाँ विमान शुक्रबार मात्र अर्जेन्टिनाको राजधानी लगिएको छ । मेसीले अमेरिकामा खरिद गरको उक्त विमान त्यहाँको हवाई विभागमा दर्ता गर्नका लागि अर्जेन्टिना लगिएको हो । विमानको अगाडी र पछाडीको भागमा मेसीले लगाउने जर्सी नम्बर १० लेखिएको छ ।

मेसीले विमानको स्वरुप र सजावट पनि आफ्नै ढंगले तयार गर्न लगाएका छन् । १६ वटा सिट क्षमता भएको अत्याधुनिक यस विमानभित्र दुई वटा बाथरुम र दुईवटै किचेन छ । मेसीले विमानमा पनि आफ्ना परिवारका सदस्यको नाम लेखाएका छन् । विमानभित्र मेसीकी श्रीमती लियो एन्टोनियला, छोराहरु थियागो, सिरो र माटियो नाम लेखिएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago