एजेन्सी । फुटबल मैदानमा लियोनल मेसीले पाएको सफलताको कथा लाखौं भइसकेको छ । तरपनि मेसीको विश्वकप जित्ने सपनाले अझै पूरा भएको छैन । एकपटक आफ्नै सक्रियतामा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि चुमाउने सपना बुनेका मेसी यस मामलामा अभागी बन्दै आएका छन् ।
यसबाहेक ३१ बर्षीय मेसीको दुनियाँमा हरेक सपना पूरा भएको छ । धेरैलाई पत्यार नलाग्न सक्छ । स्पेनिस क्लब बार्सिलोनका सुपरस्टार मेसी महंगा कार र नीजि विमानका पनि सौखिन हुन्, भनेर ।
वास्तवमा फुटबलपछि मेसी लग्जरियस कार र विमानका पनि सौखिन पारखी हुन् । यसअघि महंगा कार र नीजि विमान भएका मेसीले हालै नयाँ विमान खरिद गरेका छन् । मेसीले अहिले १५ मिलियन अमेरिकी लडर अर्थात् एक अर्ब ६९ करोड ४६ लाख रुपैयाँमा नयाँ विमान किनेका हुन् ।
यसअघि एउटा नीजि विमान भएको मेसीको अब दुईवटा विमान भएको छ । मेसीको नयाँ विमान शुक्रबार मात्र अर्जेन्टिनाको राजधानी लगिएको छ । मेसीले अमेरिकामा खरिद गरको उक्त विमान त्यहाँको हवाई विभागमा दर्ता गर्नका लागि अर्जेन्टिना लगिएको हो । विमानको अगाडी र पछाडीको भागमा मेसीले लगाउने जर्सी नम्बर १० लेखिएको छ ।
मेसीले विमानको स्वरुप र सजावट पनि आफ्नै ढंगले तयार गर्न लगाएका छन् । १६ वटा सिट क्षमता भएको अत्याधुनिक यस विमानभित्र दुई वटा बाथरुम र दुईवटै किचेन छ । मेसीले विमानमा पनि आफ्ना परिवारका सदस्यको नाम लेखाएका छन् । विमानभित्र मेसीकी श्रीमती लियो एन्टोनियला, छोराहरु थियागो, सिरो र माटियो नाम लेखिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…