२६ साउन, ओमन । रोजगारीका लागि ओमन आएका भैरहवाका विमल गुरुङले आत्महत्या गरेका छन्।
विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन आएका उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा किलिनरको रूपमा कार्यरत थिए।
उनले आफू सुत्ने कोठाको पंखाको सिलिङमा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत तनुँह मजकोटका बाबुराम विकले जानकारी दिए। अहिले उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। सोही कम्पनीमा कार्यरत साथीले बताए अनुसार उनको श्रीमती, एक छोरा र बहिनी छन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…