नेविसंघ विवाद उत्कर्षमा, असन्तुष्ट पक्षले बोलायो १२औं महाधिवेसन

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद चुलिएको छ। महामन्त्री कुन्दनराज काफ्लेसहित चार उपाध्यक्षले १२औं महाधिवेसनको मिति तय गरेपछि विवाद उत्कर्षमा पुगेको हो। महामन्त्रीको समूहले आफ्नो पक्षमा दुई तिहाई केन्द्रीय सदस्यको समर्थन रहेको जनाउँदै महाधिवेसनको मिति तय गरेको हो।

महाधिवेसनका लागि साउनको २३ देखि २५ सम्मको मिति तोकिएको छ। नेविसंघका सभापति नैनसिंह महरको समूहसँग असन्तुष्टि जनाउँदै आएको महामन्त्रीको समूहले सभापति विधान विपरीत चलेको आरोप लगाउँदै आएको छ।विधिसंगत महाधिवेसनको मिति तोक्न पटक-पटक सभापतिसँग भन्यौं, तर सुनुवाई भएन,’ काफ्लेले भने, ‘उहाँले केन्द्रीय समितिको बैठक बोलाई अनुमोदन नगरी मनोनित गर्दै जानुभएको छ।

सभापति लोकतान्त्रिक प्रक्रिया र विधानभन्दा बाहिर गएकाले वाध्य भई महाधिवेसन बोलाउनु परेको हो।नेविसंघ सभापति महरले संघको १२औं महाधिवेसनका लागि गत वर्ष नै मिति तोकिएको जनाउँदै अर्को समूहको महाधिवेसनलाई मान्यता नदिने बताए। महरले महाधिवेसन साउनको अन्तिम साता हुने बताउँदै आएका थिए। महाधिवेनको स्थान र कार्यतालिका भने तोकेका थिएनन्।

११औं महाधिवेनबाट निर्वाचित बहुमत पदाधिकारी र सदस्यले महाधिवेसनको मितिलाई अनुमोदन गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। १ सय २९ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यमध्ये ८७ जनाले महाधिवेसनकोे निर्णयलाई अनुमोदन गरेको जानकारी गराइएको छ। नेविसंघमा सभापति महरले २२ जनालाई मनोनयन गरेका छन्। सभापतिले गरेको मनोनयनलाई महामन्त्रीको समूहले अस्वीकार गर्दै मान्यता नदिने जनाएको छ।

सभापतिले मनोनित गरेका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिबाट अनुमोदन नभएकाले उनीहरुहरुको वैधानिकता नरहने महामन्त्री काफ्ले बताउँछन्।नेविसंघ विधिबाट सञ्चालित नभएकाले महाधिवेसन उन्मुख हुनका लागि मिति तय गरिएको पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका विद्यार्थी नेता मनोजमणि आचार्यले जानकारी गराए।

वर्षात्‌का कारण मितिमा केही दिन तलमाथि परे पनि स्थगित नहुने उनले बताए। दुई तिहाई केन्द्रीय सदस्यको बैठकले महाधिवेसन आह्वान गरेकाले ‘नेविसंघ फुटको संघारमा’ भन्न नमिल्ने काफ्लेको तर्क छ।

महामन्त्री काफ्लेसहित उपाध्यक्षहरु प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा साउन ९ देखि २२ सम्मका लागि महाधिवेसन तयारीका लागि तालिका सार्वजनिक गरिएको छ। जसअनुसार नगरपालिका, गाँउपालिका, प्रदेश, विश्वविद्यालय, जिल्ला अधिवेसन, प्रदेश अधिवेसन साउनको १८ अघि सक्ने बताइएको छ। साउन २३ देखि २५ सम्म महाधिवेसन काठमाडौंमा हुनेछ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago