फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनल को यात्रा तय गरेकोछ ।

 काठमाडौं,असार २७,विश्वाश आचार्य – फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान पक्का गरेको हो।
१९९८ को च्याम्पियन फ्रान्सले पछिल्लो पटक २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो।

फ्रान्सले सन् १९९८ मा आजकै दिन ब्राजिललाई पराजित गरेर पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। २० वर्षपछि फ्रान्सले महत्वपूर्ण खेलमा जित निकालेर दोस्रो पटक विश्वकपको उपाधि जित्ने अभियान नजिक पुगेको छ।फ्रान्सले उपाधिका लागि क्रोएसिया र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

खेलको ५१ मिनेटमा फ्रान्सले अग्रता लियो। कर्नर बलमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। राफायल भारनको कर्नर बलमा उम्टिटीले गोल गरेका हुन्।विश्वकपको सेमिफाइनलमा फ्रान्सका लागि गोल गर्ने उम्टिटी तेस्रा डिफेन्डर बने। फ्रान्सले विश्वकपको सेमिफाइनलमा गरेका ६ मध्ये ४ गोल डिफेन्डरबाट भए।

यसअघि सन् १९८२ मा जर्मनी विरुद्धको सेमिफाइनलमा डिफेन्डर मारियउस ट्रेसोरले फ्रान्सका लागि गोल गरेका थिए। सन् १९९८ को क्रोएसिया विरुद्धको सेमिफाइनलमा फ्रान्सका डिफेन्डर लिलियन थुरामले २ गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा दुवै टिमले गोलका लागि गरेका प्रयासमा विपक्षी गोलकिपर बाधक बनेका थिए। बेल्जियमका इडिन हजार्ड र टोबी एन्डरवारेल्डको प्रहारलाई फ्रान्सका गोलकिपर हुगो लोरिसले बिफल पारेका थिए। यस्तै फ्रान्सका बेन्जामिन पभार्डको उत्कृष्ट प्रहारमा बेल्जियमका गोलकिपर थिबाउन कोउटिउसले उत्कृष्ट बचाउ गरेका थिए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago