फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनल को यात्रा तय गरेकोछ ।

 काठमाडौं,असार २७,विश्वाश आचार्य – फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान पक्का गरेको हो।
१९९८ को च्याम्पियन फ्रान्सले पछिल्लो पटक २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो।

फ्रान्सले सन् १९९८ मा आजकै दिन ब्राजिललाई पराजित गरेर पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। २० वर्षपछि फ्रान्सले महत्वपूर्ण खेलमा जित निकालेर दोस्रो पटक विश्वकपको उपाधि जित्ने अभियान नजिक पुगेको छ।फ्रान्सले उपाधिका लागि क्रोएसिया र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

खेलको ५१ मिनेटमा फ्रान्सले अग्रता लियो। कर्नर बलमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। राफायल भारनको कर्नर बलमा उम्टिटीले गोल गरेका हुन्।विश्वकपको सेमिफाइनलमा फ्रान्सका लागि गोल गर्ने उम्टिटी तेस्रा डिफेन्डर बने। फ्रान्सले विश्वकपको सेमिफाइनलमा गरेका ६ मध्ये ४ गोल डिफेन्डरबाट भए।

यसअघि सन् १९८२ मा जर्मनी विरुद्धको सेमिफाइनलमा डिफेन्डर मारियउस ट्रेसोरले फ्रान्सका लागि गोल गरेका थिए। सन् १९९८ को क्रोएसिया विरुद्धको सेमिफाइनलमा फ्रान्सका डिफेन्डर लिलियन थुरामले २ गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा दुवै टिमले गोलका लागि गरेका प्रयासमा विपक्षी गोलकिपर बाधक बनेका थिए। बेल्जियमका इडिन हजार्ड र टोबी एन्डरवारेल्डको प्रहारलाई फ्रान्सका गोलकिपर हुगो लोरिसले बिफल पारेका थिए। यस्तै फ्रान्सका बेन्जामिन पभार्डको उत्कृष्ट प्रहारमा बेल्जियमका गोलकिपर थिबाउन कोउटिउसले उत्कृष्ट बचाउ गरेका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago