असन्तुष्ट बनेका यातायात ब्यवसायी सडक आन्दोलनको अन्तिम तयारीमा

भबिन्द्र गौतम
२८ चैत, काठमाडौं
यातायात व्यवस्था विभागले गत १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन सहित लागू गरे पछि असन्तुष्ट बनेका यातायात ब्यवसायी सडक आन्दोलनको अन्तिम तयारीमा पुगेका छन । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय कार्यालयमा बसेको बैठकले सस्था दर्ता तथा नबिकरण र देशभरका सडकमा रुट इजाजत सम्बन्धी परिबर्तित ब्यवस्थाको सम्बन्धमा छलफल गरि आन्दोलन को पुर्ब तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।

भोलि मध्याह्न १२:३० बजे देश भरिका सडक यातायात संग संबंधित ढुवानी ब्यवासायी, पेट्रोलियम ढुवानी, लागायत पाचवटा महासंघ र सबै मजदुर संगठन को सयुक्त बैठक बसि बृहत् पत्रकार सम्मेलन गरिने कर्माचार्यले बताए । उनले गत २६ गते परिषद् भेलामा ब्यवसायिका प्रतिनिधीले दियको राय सुझाब अनुसार आन्दोलनका कार्यक्रम ल्याउन लागियको र यसमा सबै क्षेत्रका समुहहरुको सहयोगका आवस्यक रहेको जानायका छन ।

एकतर्फि रुपमा ल्याइएको निर्देसिकामा सबै कुरा गलत नभय पनि केही बुदाले देशको यातायात क्षेत्र तहसनहस हुने भन्दै आफुहरु सम्बादको माध्यम बाट निकास निकाल्न तयार रहेको जनाय।
देशभरका सडकमा रुट इजाजत खुला गर्ने नीति यातायात बिभागले लिय पछि यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ, तर यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता भयको देश भरका ३०५ संघ समितीको छाता संगठन आन्दोलनमा गयमा सर्बसाधारण ले सास्ती खेप्नुपर्नेछ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago