प्रदेश नम्बर ४ को राजधानी पोखरा भन्दा अन्यत्र हुनपर्ने अध्यक्ष पुष्पकमल दाहालको भित्री इच्छा

प्रदेश नम्बर ४ को राजधानी पोखरा भन्दा अन्यत्र हुनपर्ने माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको भित्री इच्छा भएको खुलासा भएको छ । त्यसका लागि तनहुँको डुम्रेभन्सार र गोरखाको पालुङटार आसपासको क्षेत्र बढी उपयुक्त हुने माओवादी अध्यक्ष दाहालको भित्रि आशय रहेको बुझिएको छ ।

चितवनमा शनिबार काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी संग भएको अनौपचारिक भेटघाटका क्रममा दाहालले यस किसिमको धारणा व्यक्त गरेका थिए । त्यसक्रममा दाहालले पोखरा पर्यटकीय निकै अगाडि बढेको हुँदा राजधानी अन्यत्र सारिदा पनि कुनै पनि असर नपर्ने खालको आशय समेत व्यक्त गरेका थिए ।

अनौपचारिक भेटघाट क्रममा पूर्वमन्त्री भण्डारीले समेत पोखराको गरिमालाई आँच नआउने हिसाबले प्रदेशको स्थायी राजधानी तोक्दा उपयुक्त हुने धारणा माओवादी अध्यक्ष दाहाल समक्ष राखेको बुझिएको छ । भेटघाटका क्रममा दाहाल र भण्डारी बीच मन्त्रीमण्डलमा सहभागी हुँदा एकले अर्कोलाई पुरयाएको सहयोगका बारेमा समेत कुराकानी भएको बुझिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago