नेपालगञ्ज फर्किनु भयो पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज फर्किएका छन्। आइतबार नेपालगञ्ज नाका भएर भारतको लखनऊ गएका पूर्वराजा बिहीबार अपरान्ह तीन बजे नेपालगञ्ज फर्किनुभयको  छ । नेपालगञ्ज नाकाबाट सशस्त्र र वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले पूर्वराजालाई सोल्टी होटल पुर्‍याएका छन्।

भारतको लखनऊमा रहँदा पूर्वराजाले भारतीय राजनीतिका प्रभावशाली व्यक्तित्व उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका थिए। योगी आदित्यनाथ गोरखनाथ पीठ (गोरखपुर) प्रमुख हुन् र नाथ सम्प्रदायको बाक्लो उपस्थिति रहेको नेपालको परिस्थितिबारे गहिरो चासो राख्छन्। त्यस्तै नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको हैसियत पुनर्स्थापनाका पक्षमा पनि उनी खुलेरै लागेका छन्।

पूर्वराजा ज्ञानेन्द्र पुस १३ गते नेपालगञ्ज आएका थिए। नेपालगञ्ज आएपछि ज्ञानेन्द्रले यहाँको बागेश्वरी मन्दिर, बर्दियाको बंगलामुखी, धनगढी र दाङका मठमन्दिरको भ्रमण गर्नु भएकोथियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज फर्किदा यहाँ श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहको २९६ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका कार्यक्रमहरु भइरहेका थिए। नेपाल शिव सेना नेपालले मोटरसाइकल र्‍याली निकालेको थियो। नेपाल विद्धत परिषदले ‘राष्ट्र निर्माताको योगदान’ विषयक विचार गोष्ठी गरेको छ। मोटरसाइकल र्‍यालीपछि धम्बोझीचोकमा पुगेका राजासमर्थकले ज्ञानेन्द्र फर्किने क्रममा नाराबाजी गरेका थिए ।

मुलुकको सार्वभौमिक स्वतन्त्र, राष्ट्रिय एकता र अखण्डता मक्किएको, नेपाल भूमिभित्र एउटा नेपालीले अर्कोलाई भैरभावमा देख्ने परिस्थिति बनेको, नेपालको अस्तित्वमा खतरामा पर्दै गएकोलगायतका कुराहरु राखेर बिहीबार सन्देश जारी गरेका पूर्वराजा अझै केही दिन नेपालगञ्जमा बस्ने स्रोतले जानकारी दिएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago