नेपालगञ्ज फर्किनु भयो पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज फर्किएका छन्। आइतबार नेपालगञ्ज नाका भएर भारतको लखनऊ गएका पूर्वराजा बिहीबार अपरान्ह तीन बजे नेपालगञ्ज फर्किनुभयको  छ । नेपालगञ्ज नाकाबाट सशस्त्र र वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले पूर्वराजालाई सोल्टी होटल पुर्‍याएका छन्।

भारतको लखनऊमा रहँदा पूर्वराजाले भारतीय राजनीतिका प्रभावशाली व्यक्तित्व उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका थिए। योगी आदित्यनाथ गोरखनाथ पीठ (गोरखपुर) प्रमुख हुन् र नाथ सम्प्रदायको बाक्लो उपस्थिति रहेको नेपालको परिस्थितिबारे गहिरो चासो राख्छन्। त्यस्तै नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको हैसियत पुनर्स्थापनाका पक्षमा पनि उनी खुलेरै लागेका छन्।

पूर्वराजा ज्ञानेन्द्र पुस १३ गते नेपालगञ्ज आएका थिए। नेपालगञ्ज आएपछि ज्ञानेन्द्रले यहाँको बागेश्वरी मन्दिर, बर्दियाको बंगलामुखी, धनगढी र दाङका मठमन्दिरको भ्रमण गर्नु भएकोथियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज फर्किदा यहाँ श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहको २९६ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका कार्यक्रमहरु भइरहेका थिए। नेपाल शिव सेना नेपालले मोटरसाइकल र्‍याली निकालेको थियो। नेपाल विद्धत परिषदले ‘राष्ट्र निर्माताको योगदान’ विषयक विचार गोष्ठी गरेको छ। मोटरसाइकल र्‍यालीपछि धम्बोझीचोकमा पुगेका राजासमर्थकले ज्ञानेन्द्र फर्किने क्रममा नाराबाजी गरेका थिए ।

मुलुकको सार्वभौमिक स्वतन्त्र, राष्ट्रिय एकता र अखण्डता मक्किएको, नेपाल भूमिभित्र एउटा नेपालीले अर्कोलाई भैरभावमा देख्ने परिस्थिति बनेको, नेपालको अस्तित्वमा खतरामा पर्दै गएकोलगायतका कुराहरु राखेर बिहीबार सन्देश जारी गरेका पूर्वराजा अझै केही दिन नेपालगञ्जमा बस्ने स्रोतले जानकारी दिएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago