राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गतको १६ औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफले नेपाल पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्यो । र सुपरलिगमा जित निकाल्दै एपीएफले उपाधि उचालेको हो ।
एपीएफको स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् ।भने पुलिसकी रुपा मगरले सान्त्वना गोल गरिन् ।
एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…