मैले भोगेको जापान

मैले भोगेको जापान
मेरो सुन्दर देस नेपाल,जसलाइ हामी बत्ती मुनि को अध्यारो देस भन्छौ! जहाँ प्रशस्त स्रोत साधन हुदाहुदै पनी त्यसको सही सदुपयोग गरन नसक्दा गरिबिको चपेटा मा मूछीन हामी बाध्य छौ! हामी अभाबै अभाव का बावजूद पनी उच्च शिक्षा हासिल गरछौ अनी त्यस पश्चात “रोज़गार को अभाव मा सिरानी मुनि सटीपिकेट राखेर पासपोर्ट को लाइन लाग्न बाध्य छौ हामी नेपाली”।

हाम्रो एउटा परम्परा जस्तै भैसकेको छ बैदेसीक रोज़गार शायद कुनै घर छैन होला नपरदेशीएको! अनी हामी प्रदेश जाने सोच त राख्छौ त्यहाँ जादाँ ख़्याल गरनू परने कुरा अनी भोगनु परने समस्या को थोरै पनी मध्यंनज़र गरिन्न! जस्तो की -दलाल बाट ठगिनू,भासा सम्बंधी ज्ञान कोअभाव,दुःख काम अनुसार ज्याला नपाउने लगायत का समस्या मात्रनभएर जोखिम काम हरू गर्दा आकास मा उडेर आएका दाज़ुभाई आज बाकस मा फरकिन बाध्यछन।

यसै कारण ले कती चेलि बेटी को सिंदूर पूछीएको छ अनी कती आमाँ को काँख रीतिएको छः! सायद प्रविधिक शिक्षा हुदो हो त सिप सिकेर देस मैं केही गरन सकिंन्थ्यो त्यसैले देसको शिक्षा प्रणाली मा परिवर्तन गरेर देसै भर प्राविधिक शिक्षा लागू गरी देसमै रोज़गार सृजना गरनू परछ जसतो लागछ मलाई!! यस्तै उच्च महत्वकांक्षा बोकर सिरानी मुनि सटीपिकेट राखेर पासपोर्ट बोकि प्रादेशिने मध्यको एक पात्र म पनी हु!

अब यसरी सुरु हुन्छ मेरो जीवन को भोगाइ!!-जब उच्च शिक्षा अध्यन पछी म रोज़गार को शिलशिला मा बिभिन्न ठाऊमा धाए जब जब म जागीरका लागी बिभिन्न ठाऊमा एउटो क्लीएर ब्याग भित्र सटीपिकेट राखेर पुगे जहाँ म पुग्थे त्यहाँ मेरो पावर खोज्थ्यो कित पैसा नत मेरो साथ मा पैसा थियो नत पावर नै सायद पैसो हुदो हो त म जागीर को खोजिमा हिन्ने नै थीएन!! अनी ति सबै ठाऊमा मेरो सटीपिकेट को र मेरो क्षमता को कुनै महत्व नरहेको देखेर त्यही सटीपिकेट सगै त्यो क्लीएर ब्याग को यौटा कुनामाँ रहेको सानो पासपोर्ट ले ति मेरा सर्टिफ़िकेट हरूलाई जिसकाइ रहेको थीयो त्यतिकैमा त्यो एउटो सानो पासपोर्ट ले आफु सगै ति सबै सर्टिफ़िकेट लाई लगेर एउटा कंसलटेंसी को टेबुल मा लगेर बजारदियो अनी सुरु भो मेरो बैदेशिक यात्रा!

सबै तीर बाट हार खाएको मान्छे म जापान जाने निर्णय गरे पढ़न नी पाईने अनी लाखौ कमाउने महत्वकांक्षा का साथ जापान आऊने निर्णय गरेको म भासा पढ़न थाले लग्थ्यो भासा भन्ने चिज छीमेकी काका ले १-२साल अरब तीर बिताएर आएर फ़रर अरबी बोलथे मपनी जापान गएसी जापानीज बोली हलछूनि जसतो लगथ्यो!
अनी यतिकैमा मेरो जब भिसा आयो तब फूल माला लगाएर जापान प्रस्थान गरे यनी यहाँ आएर हेरदा विभिन्न साथी भाई को पीड़ा देखेंर अचम्म परे म जापान आऊँनू पूर्व बिस्तारामाँ आराम गरेर मनको क़यालकुलेटर ले हिसाब गर्दा मैना को लाखौ आमदानी को लिस्ट बाँट मनको क़यालकुलेटर ले त जापान माँ हुँने महँगी अनी ख़र्च त माइनस गरनै बिरसीको रहेछ यहाँ को अवस्था देखेर ती मेरा महत्वकांक्षि सपना आख़िर वास्तवमै सपना नै रहो!!

अनी जब म पढ़न भनि हातमा पुस्तक अनी कलम लीएर बस्थे तब फ़ोन को घण्टी बज्न सुरु गरथ्यो साथी होस या अफन्ती सबै को एउटै प्रश्न हुँथ्यो काम कसतो छः अनी कमाई कती छः ?यी प्रश्न हरू सगैं मन मा कुरा पैदा हुँथ्यो ओहो मेरो काध मा त धेरै ज़िम्बेवारी छः मैले अब मैले कमाउनु परछ म बाट मेरा आफनती अनी परिवार ले धेरै कुराको अपेक्षा गरेका छन!यी कुरा हरु मनमा खेलदा त म बिधारथी भिसामा आएको पढ़नू परछ केही गरनू परछ भंने कुरा नै भूलदो रहेछू अनी मात्र मैले बुझे पैसा र पढ़ाई एकै साथ नमिल्दो रहेछ बिधारथी जीवन संघर्षमय रहेछ मैले बुझे!!

जब मैले सुरुमा काम गरन थालेको थीए त्यहाँ एकजना नेपाली दाईं भेंट हुनू भो अनी मैले उहाँ संग परिचय गरे उहाँ लाई देखेर म अचम्म परे एकजना दीदी ले उहाँलाई त्यों कम्पनी मा काम लगाईदिनु भाको रहेछ अनी त्यो दाईं भासा मा दक्ष भएकाले आज त्यही कम्पनी मा अनुवादक भएर त्यही दीदी सहित हामी जस्ता धेरैलाई काम सिकाएर बसनु भाको छः यो देखेर अनी मात्र मैले बुझे भासाको कती धेरै महत्व रहेछ भनेर तसरथ अब जापान आऊने सम्पूर्ण साथी हरूलाइ आऊनु पूर्व भासा रामरो सग अध्यन गरनू होला र त्यती धेरै महत्वकांक्षा नराखनु होला!

आज मलाई जापान आएर कुनै पछूतो लागेको छैन किन भने जापान ले मलाई धेरै कुरा सिकाएको छः यहाँ विकास,परबिधि अनी यहाँ मिहेन गरने बानी जून कुराहामी नेपाल मा नी कार्यन्वयन गरनू परछ!
अनी अन्त्य मा सबै मा अनुरोध हामिले यहाँ बाट धन लगेर बाढन त सकदैनौ तर सबै नेपाली मिलेर केही सिप अनी ज्ञान नेपाल लगेर बाड़ौ अनी स्वदेस कै विकास माँ टेवा पुगोस र हमरा भावी सन्तति हरू पनी हामी जसतै प्रदेसीन नपरोस!!!
कृष्ण भुसाल

नवलपुर  नेपाल , हाल-कुमामोतो  जापान

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago