यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उहाँले भन्नुभयो– “यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नीतिगत सुधारको खाँचो छ ।”

उपराष्ट्रपति पुनले मुलुकको राजस्वमा १० प्रतिशत योगदान पु¥याइरहेको यो क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्ने बताउँदै केही दुर्गम जिल्लामा यातायात सेवा अहिले पनि पुग्न नसकेकाले त्यसक्षेत्रमा सडक सञ्जाल पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल तथा प्रदेशसभा सदस्यद्वय इन्द्रबहादुर बानियाँ र प्रेमबहादुर पुलामीले सडक दुर्घटना नियन्त्रणमा यातायात व्यवसायी र राज्य दुवै गम्भीर हुनुपर्नेमा जोड दिदैं जनताको हितका लागि ढुवानी कार्य सहज बनाउन आग्रह गर्नुभयो ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले नेपालको कुना काप्चासम्म यातायात तथा सामान ढुवानी सेवा निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै सडक थप, फराकिलो र गुणस्तरयुक्त निर्माण गरी यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन राज्यले नीतिगत सुधार गर्नुपर्ने र यसका लागि छुट्टै यातायात मन्त्रालयको माग गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले नारायणी यातायात व्यवसायी संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago