काठमाडौं – खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेकपाका नेता लेखराज भट्टको कुरा नसुनी बिचौलीयाहरूको प्रभावमा पर्दै गएकी छिन् । खानेपानी संस्थानको महाप्रबन्धक भुपेन्द्रप्रसादलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि मन्त्री मगरले मन्त्रालयका प्राविधिक उपसचिव लीलानाथ ढकाललाई नियुक्त गरेकी छिन् ।
भट्टले संस्थानभित्रैबाट महाप्रबन्धक बनाउन सुझाव दिए पनि उनले अटेर गरेको समाचार छ ।मन्त्री बिना मगर पछिल्ला दिनमा भाइकाजी घिमिरे र दाहाल थरका एक पत्रकारको चंगुलमा परी नेतृत्वले दिएको निर्देशन विपरीत चल्ने गरेको आराोप छ ।
घिमिरेहरूको प्रभावमा परी उनले खानेपानी विभागको महानिर्देशकमा सुनिल दासलाई बनाएकी छिन् । बिनाका परिवारिक सदस्य नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले विभागका अर्का सहसचिव मनोज घिमिरेलाई महानिर्देशक बनाउने तयारी गरे पनि बिचौलियाको सल्लाहमा हतार हतारमा दासलाई बनाइन् ।विभागका महानिर्देशक तेजराज भट्टलाई सरुवा गरी दासलाई ल्याएकी हुन् । खानेपानी मन्त्रालयका हरेक निर्यायमा घिमिरेहरूकै सल्लाहमा मन्त्री मगर चल्ने गरेपछि परिवारभित्र पनि उनको कार्यशैलीप्रति असन्तोष छाएको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…