प्रचण्डका ज्वाइँले भनेको बिना मगरले नटेरेपछि खुमलटारमा खैलाबैला

काठमाडौं – खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेकपाका नेता लेखराज भट्टको कुरा नसुनी बिचौलीयाहरूको प्रभावमा पर्दै गएकी छिन् । खानेपानी संस्थानको महाप्रबन्धक भुपेन्द्रप्रसादलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि मन्त्री मगरले मन्त्रालयका प्राविधिक उपसचिव लीलानाथ ढकाललाई नियुक्त गरेकी छिन् ।

भट्टले संस्थानभित्रैबाट महाप्रबन्धक बनाउन सुझाव दिए पनि उनले अटेर गरेको समाचार छ ।मन्त्री बिना मगर पछिल्ला दिनमा भाइकाजी घिमिरे र दाहाल थरका एक पत्रकारको चंगुलमा परी नेतृत्वले दिएको निर्देशन विपरीत चल्ने गरेको आराोप छ ।

घिमिरेहरूको प्रभावमा परी उनले खानेपानी विभागको महानिर्देशकमा सुनिल दासलाई बनाएकी छिन् । बिनाका परिवारिक सदस्य नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले विभागका अर्का सहसचिव मनोज घिमिरेलाई महानिर्देशक बनाउने तयारी गरे पनि बिचौलियाको सल्लाहमा हतार हतारमा दासलाई बनाइन् ।विभागका महानिर्देशक तेजराज भट्टलाई सरुवा गरी दासलाई ल्याएकी हुन् । खानेपानी मन्त्रालयका हरेक निर्यायमा घिमिरेहरूकै सल्लाहमा मन्त्री मगर चल्ने गरेपछि परिवारभित्र पनि उनको कार्यशैलीप्रति असन्तोष छाएको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago