न्यानो बाँडौं खुसी साटौ अभियान – एनविआर द्वारा सहयोगको अपिल

भबिन्द्र गौतम पाल्पा, २४ मंसिर,  सामाजिक सन्जालमा निकै लोकप्रिय ग्रुप Nepalese Brothers Room (NBR) ले चिसो बढेसगै बिकट क्षेत्रमा रहेका बिपन्न परिवारका बालबालिका लाई न्यानो कपडा बितरणको योजना ल्याएको छ । युवाहरुको फेसबुक ग्रुप नेपालिज ब्रदर रुमका सदस्यहरु चितवन्को इच्छाकामना गाउँपालिका-७, को अति नै बिकट क्षेत्र उपरदाङगाडी स्थित राष्ट्रिय आधारभूत विद्यालय र कापे स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा स्थलगत अवलोकन गरेर राहत स्वरुप चिसो मौसममा न्यानो कपडा बितरणको कार्यक्रम अगाडि सारेको ग्रुपका अभियन्ता बिक्रम कुवर बताउछन् । 

 दुइवटा बिधालयहरुमा ७३ जना अति बिपन्न परिवारका चेपाङ र जनजाति बालबालिकाहरु अध्ययन गरिरहेका छन । “अवलोकन बाट हामीले बालबालिहरुका खुट्टा खाली हुनुका साथै यस  अभावमा जीवन गुजार्नु परिरहेको देख्यौ, यी बिपन्न बालबालिकाहरुका लागी राहत संकलन गरेर पढाईलाई निरन्तरता, दिएर बिरामी नहुन भन्ने उदेश्यले हामी NBR परिवार न्यानो कपडाका साथ विभिन्न सामग्री वितरण गर्न लागिरहेका छौ । हामी जहाँ छौ, त्यही बाट हामी जति सक्छौ सहयोग गरी ती बालबालिकाहरुमा खुसी साटीदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं” अर्का अभियन्ता मुकुन्द पौडेल सहयोगको अपिल गर्छन । 

सहयोग गर्न चाहाने महानुभाब को लागि नेपाल इन्भेस्टमेन्ट बैंक को खाता नम्बर ०२६०५०५०२८४६९१ युबराज, बिक्रम, महेश, र मुकुन्द को नाममा रहेको सयुक्त खातामा स्वैच्छिक रकम जम्मा गर्न अनुरोध गरेका छन । उनिहरुले आगामी पुष ७ गते शनिबार न्यानो कपडा साथ अन्य सहयोग  बितरण गर्ने जनाएका छन ।

  ग्रुपका सदस्य आफै निस्वार्थ रुपमा अगाडी सरि यस अघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएको यो ग्रुपले जटिल रोग लागेका बिरामी को उपचार, बाढी पहिरोले गासबास गुमाएका परिवारलाई राहत स्वरुप खाद्यान्न, आगोलागी बाट धनजन गुमाएका परिवार लाई सहयोग लागाएत का अनेकौं सामाजिक कार्य  गरिराखेको अर्का अभियन्ता युबराज दर्लामी बताउछन । रगतको अभाबमा कसैको उपचार नरोकियोस भन्दै अस्पतालमा उपचार गर्न आउने बिरामी को लागि रगत आवश्यक परेमा दाता जुटाइदिने काम पनि उनिहरुले गरेका छन ।

सत्कर्ममा सहभागी बनी न्यानो बाँडौं खुसी साटौ अभियान लाई सफल बनाउन  हामी सबैले सहयोग गरौँ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago