न्यानो बाँडौं खुसी साटौ अभियान – एनविआर द्वारा सहयोगको अपिल

भबिन्द्र गौतम पाल्पा, २४ मंसिर,  सामाजिक सन्जालमा निकै लोकप्रिय ग्रुप Nepalese Brothers Room (NBR) ले चिसो बढेसगै बिकट क्षेत्रमा रहेका बिपन्न परिवारका बालबालिका लाई न्यानो कपडा बितरणको योजना ल्याएको छ । युवाहरुको फेसबुक ग्रुप नेपालिज ब्रदर रुमका सदस्यहरु चितवन्को इच्छाकामना गाउँपालिका-७, को अति नै बिकट क्षेत्र उपरदाङगाडी स्थित राष्ट्रिय आधारभूत विद्यालय र कापे स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा स्थलगत अवलोकन गरेर राहत स्वरुप चिसो मौसममा न्यानो कपडा बितरणको कार्यक्रम अगाडि सारेको ग्रुपका अभियन्ता बिक्रम कुवर बताउछन् । 

 दुइवटा बिधालयहरुमा ७३ जना अति बिपन्न परिवारका चेपाङ र जनजाति बालबालिकाहरु अध्ययन गरिरहेका छन । “अवलोकन बाट हामीले बालबालिहरुका खुट्टा खाली हुनुका साथै यस  अभावमा जीवन गुजार्नु परिरहेको देख्यौ, यी बिपन्न बालबालिकाहरुका लागी राहत संकलन गरेर पढाईलाई निरन्तरता, दिएर बिरामी नहुन भन्ने उदेश्यले हामी NBR परिवार न्यानो कपडाका साथ विभिन्न सामग्री वितरण गर्न लागिरहेका छौ । हामी जहाँ छौ, त्यही बाट हामी जति सक्छौ सहयोग गरी ती बालबालिकाहरुमा खुसी साटीदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं” अर्का अभियन्ता मुकुन्द पौडेल सहयोगको अपिल गर्छन । 

सहयोग गर्न चाहाने महानुभाब को लागि नेपाल इन्भेस्टमेन्ट बैंक को खाता नम्बर ०२६०५०५०२८४६९१ युबराज, बिक्रम, महेश, र मुकुन्द को नाममा रहेको सयुक्त खातामा स्वैच्छिक रकम जम्मा गर्न अनुरोध गरेका छन । उनिहरुले आगामी पुष ७ गते शनिबार न्यानो कपडा साथ अन्य सहयोग  बितरण गर्ने जनाएका छन ।

  ग्रुपका सदस्य आफै निस्वार्थ रुपमा अगाडी सरि यस अघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएको यो ग्रुपले जटिल रोग लागेका बिरामी को उपचार, बाढी पहिरोले गासबास गुमाएका परिवारलाई राहत स्वरुप खाद्यान्न, आगोलागी बाट धनजन गुमाएका परिवार लाई सहयोग लागाएत का अनेकौं सामाजिक कार्य  गरिराखेको अर्का अभियन्ता युबराज दर्लामी बताउछन । रगतको अभाबमा कसैको उपचार नरोकियोस भन्दै अस्पतालमा उपचार गर्न आउने बिरामी को लागि रगत आवश्यक परेमा दाता जुटाइदिने काम पनि उनिहरुले गरेका छन ।

सत्कर्ममा सहभागी बनी न्यानो बाँडौं खुसी साटौ अभियान लाई सफल बनाउन  हामी सबैले सहयोग गरौँ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago