टोकियोमा बृहत् सांस्कृतिक कार्यक्रमसहित , लोकप्रिय अवार्ड प्रदान गरिने

टोकियो सेप्टेम्बर १० । यही सेप्टेम्वर १ बाट सूर्य ईन्टरनेशनल अवार्डको भोटिड प्रक्रृयाको सुरुवात भएको छ, जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा हुने उक्त अवार्डमा मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने आयोजकले यस अघि नै काठमाडौं को र्याडिसन होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराईसकेको छ ।

निशुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने जनाएका अवार्ड कार्यक्रमका अध्यक्ष तथा सूर्य कर्पोरेशनका चियरमेन बासुदेव लामिछानेले हालै मात्र अवार्डको टिकट विक्रि वितरणको सर्त र बन्देजहरु सार्वजनिक गराएका थिए । अवार्ड कार्यक्रममा ५,००० र १०,००० गरि दुई प्रबृतिको टिकट रहेकोमा ५,००० को टिकट दर रहेको टिकट बिद्यार्थी बर्ग बिशेषलाई लक्षित गरी बितरण गरिएको बुजिएको छ ।

कार्यक्रमलाई नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल टूरिजम बोर्ड र नेपाल चलचित्र विकाश बोर्ड लगायतका नेपाल सरकारका सरकारी निकायहरुको सहयोग र सहकार्य रहेको छ, अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिक आईतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा हुदैंछ ।

बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने बताइएको अवार्डको लागि जापान र नेपालमा तयारी तिब्र गतिमा भईरहेको छ । अवार्ड समारोहमा चार दर्जनभन्दा बढी कलाकर्मीसहित सञ्चारकर्मी सहभागी हुनेछन् । अवार्डको नेपाल संयोजन पत्रकारद्वय समीर बलामी, नरेश भट्टराई, संदीप क्षेत्री र जितु नेपालले गरेका हुन् ।

कर्पोरेसनले अवार्डको दोश्रो दिन सेप्टेम्बर १७ तारीक सोमवार ( सार्वजनिक बिदा ) कलाकारको साथमा क्रुजमा कक्टेल पार्टीको आयोजना गरेको छ । जसमा जापानका सिमित प्रबुद्ध बर्ग, व्यवसायि, संगसंस्थाका प्रमुख तथा प्रतिनिधि र आंशिक व्यक्तिहरुको साथमा ५ घन्टा नाचगानको साथमा खानपिन कार्यक्रम रहेको छ ।

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन् । मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।

त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् । उत्कृष्ट अभिनेताका लागि कृ का अनमोल केसी, लिलीबिलीका प्रदीप खड्का, मंगलमका पुष्प खड्का, म यस्तो गीत गाउँछुका पल शाह र घामपानीबाट दयाहाङ राई मनोनीत छन् ।

उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि भने कान्छीकी श्वेता खड्का, म यस्तो गीत गाउँछुकी पूजा शर्मा, मंगलमकी शिल्पा पोखरेल, पञ्चायतकी नीता ढुंगाना र ए मेरो हजुर २ की साम्राज्ञी शाहबीच प्रतिस्पर्धा छ । फिल्मअन्तर्गत सहअभिनेता र सहअभिनेत्रीको विधासमेत रहेको छ ।

पपगीततर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर उत्कृष्ट गायकमा मनोनीत छन् । पपगायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू,मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापाबीच प्रतिस्पर्धा छ । आधुनिक गायकतर्फ रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, हेमन्त शर्मा र शिव परियार उत्कृष्ट पाँचमा परेका छन् ।

आधुनिक गायिकामा भने अञ्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं र सिर्जना खत्री मनोनीत छन् । लोकगीततर्फ नवीन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल प्रतिस्पर्धामा छन् । गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्तीमगर मनोनीत छन् ।

अनलाईन भोटिंगको लागि लिंक
https://suryainternationalawards.com/
अनलाईन टिकटको लागि लिंक
https://suryacorpo.com/online-ticketing/
संपर्क कार्यालय ( टोकियो )
Tokyo to, Shinjuku Ku, Okubo 1-16-13
‭Phone : 03 6265 9445‬ Fax : ‭03 6265 9446
Mobile : 080 9805 2008 / 080 9055 8281‬ / ‭080 6890 4017‬

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago