काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसकी पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिलाई बुधबार (भोलि)सम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधिश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको जेष्ठ सदस्य कर्णले जानकारी दिए ।
समितिले सभापति चयन प्रक्रियामा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । नियमावलीमा गरिएको व्यवस्था अनुसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूचि तय गरिएको जेष्ठ सदस्य कर्णले बताए ।
१५ सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान,योगेश भट्टराई,राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहनु भएको छ । त्यसैगरी राष्ट्रियसभाबाट समुन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र देव समितिमा छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…