स्पेनको नयाँ प्रशिक्षकमा बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिके नियुक्त

एजेन्सी । स्पेनले राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा लुईस इनरिकेलाई नियुक्त गरेको छ। रसिया विश्वकपको पूर्वसन्ध्यामा जुलेन लुपिटिगुईलाई बर्खास्त गरेको स्पेनले विश्वकपका लागि फर्नान्डो हेरारोलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

स्पेनिस क्लब रियल मड्रिडमा जाने सम्झौता सार्वजनिक भए लगत्तै लुपिटिगुईलाई स्पेन फुटबल संघले तत्कालै बर्खास्त गरेको थियो।
रसिया विश्वकपमा घरेलु टोलीसँग अन्तिम १६ को पहिलो खेलमै बाहिरिएको स्पेनले बार्सिलोनाका पूर्व व्यवस्थापक इनरिकेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो।इनरिके गत वर्ष मात्र बार्सिलोनाको प्रशिक्षण छोडेका थिए।

तीन वर्षको नाउ क्याप बसाईमा उनले बार्सिलोनालाई तीन पटक कोपा डेल रे, दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिगको उपाधि जिताए। यस्तै एक पटक फिफा क्लब विश्वकपसहित धेरै उपाधि जिताएका उनैलाई स्पेनले आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो।

बार्सिलोना अघि उनले बार्सिलोनाकै बी टिम र सेल्टा डी भिगो र रोमा क्लबलाई प्रशिक्षण दिइसकेका थिए। अन्तराष्ट्रिय प्रतियोगितामा स्पेनको लगातार जारी खराब प्रदर्शनलाई इनरिकेले अब सुधार्नुपर्नेछ।पछिल्लो समय खराब लयमा रहेको सन् २०१० को विश्व विजेता स्पेन, सन् २०१६ को युरो कपमा पनि कमजोर प्रर्दशनका बावजुत प्रतियोगिता खेलेको थियो।

कुनै उपलब्धि हाशिल गर्न सकेन। स्पेनिस प्रशिक्षकमा नियुक्त भएका इनरिकेले अब स्पेनलाई पुनर्ताजगि दिने विश्वास लिएका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago