स्पेनको नयाँ प्रशिक्षकमा बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिके नियुक्त

एजेन्सी । स्पेनले राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा लुईस इनरिकेलाई नियुक्त गरेको छ। रसिया विश्वकपको पूर्वसन्ध्यामा जुलेन लुपिटिगुईलाई बर्खास्त गरेको स्पेनले विश्वकपका लागि फर्नान्डो हेरारोलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

स्पेनिस क्लब रियल मड्रिडमा जाने सम्झौता सार्वजनिक भए लगत्तै लुपिटिगुईलाई स्पेन फुटबल संघले तत्कालै बर्खास्त गरेको थियो।
रसिया विश्वकपमा घरेलु टोलीसँग अन्तिम १६ को पहिलो खेलमै बाहिरिएको स्पेनले बार्सिलोनाका पूर्व व्यवस्थापक इनरिकेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो।इनरिके गत वर्ष मात्र बार्सिलोनाको प्रशिक्षण छोडेका थिए।

तीन वर्षको नाउ क्याप बसाईमा उनले बार्सिलोनालाई तीन पटक कोपा डेल रे, दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिगको उपाधि जिताए। यस्तै एक पटक फिफा क्लब विश्वकपसहित धेरै उपाधि जिताएका उनैलाई स्पेनले आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो।

बार्सिलोना अघि उनले बार्सिलोनाकै बी टिम र सेल्टा डी भिगो र रोमा क्लबलाई प्रशिक्षण दिइसकेका थिए। अन्तराष्ट्रिय प्रतियोगितामा स्पेनको लगातार जारी खराब प्रदर्शनलाई इनरिकेले अब सुधार्नुपर्नेछ।पछिल्लो समय खराब लयमा रहेको सन् २०१० को विश्व विजेता स्पेन, सन् २०१६ को युरो कपमा पनि कमजोर प्रर्दशनका बावजुत प्रतियोगिता खेलेको थियो।

कुनै उपलब्धि हाशिल गर्न सकेन। स्पेनिस प्रशिक्षकमा नियुक्त भएका इनरिकेले अब स्पेनलाई पुनर्ताजगि दिने विश्वास लिएका छन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago