काठमाडौं– बलात्कार मुद्दामा पक्राउ परेका गुन्डा नाइके संजीव लामा ‘स्याल’ जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। आफ्नै रेस्टुरेन्टमा कार्यरत युवतीलाई पटक पटक बलात्कार प्रयासको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत जेठ २८ गते पक्राउ गरेको थियो।
उडल्याण्ड कम्प्लेक्समा नोला लाउञ्ज एण्ड बार चलाउँदै आएका लामाले त्यही कार्यरत युवतीमाथि बलात्कार प्रयास गरेका हुन्। प्रहरीले जबरजस्तीकरणी उद्योग मुद्दा चलाएको थियो।
लामा लामो समयदेखि गुन्डागर्दीमा संलग्न व्यक्ति भएको प्रहरी अधिकारीहरु बताउँछन्। उनी पटक पटक पक्राउ समेत परेका थिए। गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका व्यक्ति हुन्।
जसमा एक बालकको मृत्यु भएको थियो। गुन्डागर्दीमा प्रहरीबाट जोगिन उनी राजनीतिमा समेत लागेका थिए। काभ्रे घर भएका उनी कांग्रेस महासमिति सदस्य हुन्। प्रहरी अनुसार आफु ठूलो डन हुँ भन्दै युवतीलाई पटक पटक यौन दुव्र्यबहार गर्दै आएका थिए। आफ्नो गर्लफ्रेन्ड बन्न भन्दै ती किशोरीलाई उनले यातना दिदै आएका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…