बलात्कार मुद्दामा गुन्डा नाइके लामा जेल चलान

काठमाडौं– बलात्कार मुद्दामा पक्राउ परेका गुन्डा नाइके संजीव लामा ‘स्याल’ जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। आफ्नै रेस्टुरेन्टमा कार्यरत युवतीलाई पटक पटक बलात्कार प्रयासको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत जेठ २८ गते पक्राउ गरेको थियो।

उडल्याण्ड कम्प्लेक्समा नोला लाउञ्ज एण्ड बार चलाउँदै आएका लामाले त्यही कार्यरत युवतीमाथि बलात्कार प्रयास गरेका हुन्। प्रहरीले जबरजस्तीकरणी उद्योग मुद्दा चलाएको थियो।
लामा लामो समयदेखि गुन्डागर्दीमा संलग्न व्यक्ति भएको प्रहरी अधिकारीहरु बताउँछन्। उनी पटक पटक पक्राउ समेत परेका थिए। गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका व्यक्ति हुन्।

जसमा एक बालकको मृत्यु भएको थियो। गुन्डागर्दीमा प्रहरीबाट जोगिन उनी राजनीतिमा समेत लागेका थिए। काभ्रे घर भएका उनी कांग्रेस महासमिति सदस्य हुन्। प्रहरी अनुसार आफु ठूलो डन हुँ भन्दै युवतीलाई पटक पटक यौन दुव्र्यबहार गर्दै आएका थिए। आफ्नो गर्लफ्रेन्ड बन्न भन्दै ती किशोरीलाई उनले यातना दिदै आएका थिए।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago