योगेश भट्टराईले भने : डा. केसीको नाममा ‘इमोसनल ब्याकमेलिङ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् ।

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे ।

भट्टराईले कांग्रेस जोगाउन अब गोविन्द केसीको सहारा लिनुपर्ने अवस्था आएको हो भनी प्रश्न पनि गरे । डा. केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको भन्दै दाबी गलत भएको उनले बताए । नेकपाका सांसद भट्टराईले भने, उहाँ आफू खुसी जुम्लामा अनसन बस्नुभएको हो ।

यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर समय खेर नफालौं ।’ उनले कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो भनेर प्रश्न समेत गरेका छन् । काठमाडौंमा मेडिकल खोल्ने कि नखोल्ने सरकारले निक्र्यौल गर्ने भन्दै सांसद भट्टराईले मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन प्रस्ताव गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago