बैशाख २७ काठमाडौं ,
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धतालाई समेटेर दुवै दलको आपसी छलफलमा बजेटलाई अन्तिम रूप दिने समझदारी गरेका छन् ।
बजेट निर्माण प्रक्रियामा माओवादी पक्षबाट असन्तुष्टि अाएपछि बुधबार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल भएको हो । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा बजेट र नीति तथा कार्यक्रमका सिद्धान्तहरू पेस गर्नुअघि नै ओली–दाहाल भेट भएको थियो । यसअघि माओवादीले बजेट निर्माण प्रक्रियामा सहभागी नगराएको र एमालेमात्र हावी भएको आरोप लगाएको थियो ।
मंगलबारको संसदीय दलको बैठकमा माओवादी सांसदहरूले यस विषयमा कुरा गर्नुपर्ने भन्दै अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए । त्यसपछि ओली र दाहालबीच कुरा भएको हो ।
बालुवाटारको बैठकमा दुई दलबीच रोकिएको पार्टी एकताका विषयमा समेत कुराकानी भएको थियो । दुई अध्यक्ष बिच छिट्टै वाम एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाका बाँकी विषय अघि बढाउन उनीहरू सहमत भएका छन् । तर बैठक कहिले बोलाउने भन्ने तय भएको छैन ।
दुई दलबीच एकता मा मुख्य विवाद भनेको एमालेले विगतको सहमतिअनुसार गर्नुपर्ने अडान राखेको छ भनेकाछन् माओवादीले बराबरी हैसियतमा गर्नुपर्ने धारणा राखेको छ । दुई धारबीचको एकता भएकाले समान हैसियत स्थापित हुनुपर्ने अडान माओवादीको छ । माओवादी का केही हस्ती हरुले पाटी एकाता बराबरि को हैसियत मा गर्नुपर्ने भन्दै प्रचन्ड दबाबमा देखिन्छन् | महाधिवेशनपछिको नेतृत्व र सरकार हस्तान्तरण गर्ने कि नगर्ने भन्ने कुरा पनि एकता प्रक्रियाभित्र जोडिएको छ । यो विषयमा सहमति भएपछि मात्र पार्टी एकताको औपचारिक टुंगो लाग्नेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…