रुसद्वारा सैन्य हतियार प्रदर्शन

२७ बैशाख , काठमाडौं ,
हरेक वर्ष ९ मेका दिन दोस्रो विश्व युद्धको सम्झनामा रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा परेड आयोजना गरिने चलन रहेको छ । १९४५ मा नाजी जर्मनीमाथिको जितको घोषणा गर्दै आफ्नो देशको सैन्य क्षमता प्रदर्शन गर्न रुसमा ठूलो परेड गर्ने गरिएको हो । तर यसवर्षको परेड भने ऐतिहासिक कारणले मात्र नभएर चौथोपटक राष्ट्रपति निर्वाचित भएका पुटिनको नयाँ कार्यकालको सुरुवातका कारण पनि विशेष मानिएको सिएनएनले जनाएको छ ।

यसका साथै बुधबारको यस विशाल परेडमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतानयाहूले समेत उपस्थिति जनाएका छन् । वर्षौँदेखि रुस र इजरायलबीचको सम्बन्ध विवादित मानिँदै आएपनि पुटिन र नेतानयाहूले भने एकअर्कासँग राम्रै सम्बन्ध राखिरहेका छन् । वास्तवमा रुसले लामो समयदेखि ईरानलाई सैन्य सहयोग प्रदान गर्दै आएको छ जसलाई इजरायलको सबैभन्दा ठूलो दुश्मन मानिन्छ । त्यसैले पनि पुटिन ईरानसँगको आणविक सम्झौतालाई जारी राख्न चाहान्छन् भने इजरायलले चाहिँ ईरानले गोप्य रुपमा हतियारको प्रयोग गरिरहेको आरोप लगाउने गरेको छ ।

यस्तोमा ट्रम्पले अमेरिकालाई सम्झौताबाट बाहिर निकालेकै समयमा रुस भ्रमणमा रहेका नेतानयाहू र पुटिनबीच अब गम्भीर छलफल हुने बताइएको छ । अर्कोतर्फ पहिलोपटक रुसले आधुनिक हतियारहरु प्रत्यक्ष प्रदर्शनीमा राख्ने हुनाले अहिले यस परेडबारे विश्वभर चर्चा भइरहेको छ । त्यसैले पनि विश्वयुद्धको सम्झनामा रुसले आयोजना गरेको सो परेडको धेरै ठूलो महत्व रहेको छ । यससँगै पुटिनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलोपटक सम्बोधन गर्ने कार्यक्रममा उनले सोभियतबाट दुई करोड जनताले ज्यान गुमाएको हुँदा रुसले यस इतिहासलाई धेरै संवेदनशील रुपमा लिँदै आएको बताएका हुन् ।

त्यसैगरी परेडमा दिएको भाषणमा उनले यसअघिका दुवै युद्धहरुबाट विश्वले धेरै ठूलो पाठ सिकिसकेकाले त्यसलाई पुनः दोहोरिन दिन नहुने बताएका छन् । विश्वमा अहिले युद्धको स्थिति धेरै संवेदनशील बनिसकेको कुरा सबै मुलुक र राजनीतिज्ञहरुले बुझिराख्नुपर्ने पुटिनले उल्लेख गरेका हुन् । उक्त परेडमा करिब १३ हजार मानिसहरुले मार्च गरेका छन् भने १५० भन्दा बढी सैन्य हतियारहरु प्रदर्शन गरिएको बताइएको छ । प्रदर्शन गरिएका हतियारहरुमा सु–५७ फाइटर जेट, किन्जल हाइपर सोनिक मिसाइल, यार्स ब्यालेस्टिक मिसाइल, नयाँ प्रविधियुक्त अर्माटा ट्याङ्क, एस–४०० प्रतिरक्षात्मक हवाइ मिसाइल आदि रहेको बताइएको छ ।
रुससँग दोस्रो विश्व युद्धको समयदेखिका यस्ता थुप्रै क्षमतावान् र विनाशकारी हतियारहरु रहेका छन् । यसअघि चुनावपूर्वको भाषणमा पनि पुटिनले तिनै हतियारतर्फ संकेत गर्दै रुसले विश्वकै शक्तिशाली मिसाइल निर्माण गरिसकेको बताएका थिए । साथै उनले अमेरिकी प्रतिरक्षात्मक प्रणालीलाई समेत हराउन सक्ने मिसाइलको तयारी पूरा भइसकेको भन्दै ट्रम्पलाई गम्भीर चेतावनी दिएका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago