हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक छैठौ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन हङकङमा सुरु भएको छ ।
आइतवार एनआरएन हङकङले बाजागाजाका साथ भब्य रुपमा पाहुनाहरुलाई स्वागत गर्दै उद्घाटन गरिएको हो । नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रपाणि खनाल, एनआरएनए सस्थापाक अध्यक्ष उपेन्द्र महतो, पूर्व चेयरम्यान शेष घले, बर्तमन चेयरम्यान भबन भट्ट, हङकङ चेयरम्यान राधिका गुरुङ टिकाले रिबन काटेर सम्मेलनको उद्घाटन गर्नुभयो ।
भेलाले देशको समृद्धिमा योगदान पुर्याउने बताउँदै सम्मेलन सफलताको कामना गर्नुभयो । सम्मेलनमा आयोजक समितिको तर्फबाट एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका )ले कार्यक्रमबारे जानकारी गराउनुभयो भने एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो र पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्टले मन्तब्य राख्नु भयो । अहिले उद्घाटन सत्रमामा विभिन्न वक्ताहरुले मन्तब्य राखीरहनु भएको छ । सम्मेलन तथा बैठक हार्वर ग्राण्ड कौलँन होटलमा सुरु भएको हो ।
सम्मेलनमा एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ । साथै विभिन्न एनसिसीबाट तीन सय भन्दा बढी प्रतिनिधि सहभागि हुनुहुन्छ । सम्मेलनले आजै नयाँ घोषणापत्र जारी गर्ने एनआरएनए एसिया प्यासिफ़िक संयोजक किरण थापाले जानकारी दिनुभयो ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…