एनआरएनए एसिया प्यासिफिक छैठौ क्षेत्रीय सम्मेलन हङकङमा सुरु

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया  प्यासिफिक छैठौ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन हङकङमा सुरु भएको छ । 

आइतवार एनआरएन हङकङले बाजागाजाका साथ भब्य रुपमा पाहुनाहरुलाई स्वागत गर्दै उद्घाटन गरिएको हो । नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रपाणि खनाल, एनआरएनए सस्थापाक अध्यक्ष उपेन्द्र महतो, पूर्व चेयरम्यान शेष घले, बर्तमन चेयरम्यान भबन भट्ट, हङकङ चेयरम्यान राधिका गुरुङ टिकाले रिबन काटेर सम्मेलनको उद्घाटन गर्नुभयो । 

भेलाले देशको समृद्धिमा योगदान पुर्याउने बताउँदै सम्मेलन सफलताको कामना गर्नुभयो । सम्मेलनमा आयोजक समितिको तर्फबाट एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका )ले कार्यक्रमबारे जानकारी गराउनुभयो भने एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो र पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्टले मन्तब्य राख्नु भयो  । अहिले उद्घाटन सत्रमामा विभिन्न वक्ताहरुले मन्तब्य राखीरहनु भएको छ । सम्मेलन तथा बैठक हार्वर ग्राण्ड कौलँन होटलमा सुरु भएको हो ।

सम्मेलनमा एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ । साथै विभिन्न एनसिसीबाट तीन सय भन्दा बढी प्रतिनिधि सहभागि हुनुहुन्छ । सम्मेलनले आजै नयाँ घोषणापत्र जारी गर्ने एनआरएनए एसिया प्यासिफ़िक संयोजक किरण थापाले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago