टोक्यो डिसेम्बर ९ । तमुधी जापानको आयोजनामा हुने ल्होसार सॉझमा गौतम गुरुङ र काजल गुरुङले सांस्कृतिक प्रस्तुती रहेने भएको छ ।
नयॉ वर्ष २०१९ को २ जनवरी २ तारिख गुरुङ समुदायको नयॉ वर्ष ल्होसारमा विविध सांस्कृतिक कार्यक्रम गरी ल्होसार सॉझ २०१९ मनाउने तमुधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभयो ।
ल्होसार सम्पन्न गर्न उपाध्यक्ष सौगत गुरुङको संयोजकमा विभिन्न उपसमिति गठन गरी ल्होसार मनाउने तयारी गरेको जानकारी तमुधी जापानले जनाएको छ । गुरुङहरुको पहिचान रहेको सांस्कृतिक प्रस्तुतीहरु सहित विविध कार्यक्रम गरी ल्होसार सॉझ २०१९ मनाउने संयोजक सौगत गुरुङले बताउनुभयो ।
ल्होसार साँझलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माणगरी कार्य विभाजन समेत गरिएको छ । जस अनुसार अतिथि सत्कार तथा स्वागत : हिमाली गुरुङ, वसन्ती गुरुङ, ईश्वर गुरुङ , दिनेश गुरुङ, अमर गुरुङ, श्री गुरुङ, भीम गुरुङ रहनु भएको छ त्यस्तै गुरुङ समुदयको नयॉ वर्ष ल्होसारमा प्रर्दशनी गरिने झाँकीको जिम्मा -पदम प्हच्यु गुरुङ, लिल गुरुङ, आरमान गुरुङ लाई दिईएको छ ।
नेपालबाट आउने गौतम गुरुङ र काजल गुरुङ जापानमा हुने ल्होसार सॉझमा सहभागि हुने र गौतम र काजलसहित जापानमा रहेको स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुति रहने तमु धि जापानका महासचिव चित्र गुरुङ जानकारी दिनु भयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…